मिलनद्धारा कारकाँदो १–० ले पराजित

खेलकुद समाचार

नेपालगन्ज, २७ फागुन-बाँके जिल्ला लिग फुटबलमा शुक्रबार मिलन युवा क्लबले जित हासिल गरेको छ । नेपालगन्ज रंगशालामा मिलनले कारकाँदो फुटबल क्लबलाई १–० ले पराजित गरेको छ । मिलनका रोशन थारुले खेलको १७आंै मिनेटमा गोल गरेका थिए । उक्त गोल नै खेलमा निर्णायक बन्यो ।
यसैगरी अर्को खेलमा धम्बोझी क्लब र रेसिङ सहारा बिचको खेल विवादका कारण सम्पन्न हुन सकेन । खेलमा धम्बोझीले १–० को अग्रता लिएको थियो । हस्ते गुरुङले पेनाल्टी मार्फत २०औं मिनेटमा गोल गरेका थिए । डिबक्समा रेसिङका खेलाडीले ह्यान्ड गरेपछि धम्बोझी पेनाल्टी पाएको थियो ।
खेल सकिन १५ मिनेट बाँकी रहेको बेला खेलमा विवाद भएको थियो । रेसिङका खेलाडीले रेफ्री फल नलिएको भन्दै खेल मैदानबाट बाहिरिएका थिए । रेसिङका प्रशिक्षक र अफिसियलले खेलाडीलाई मैदानमा प्रवेश गराउने प्रयास गरेपनि खेलाडीले नमानेपछि खेल पुरा समय चल्न सकेन ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका ११ क्लबले प्रतिस्पर्धा गरिरहेका छन । लिगको विजेताले बाँके जिल्लाको लुम्बिनी प्रदेश स्तरीय लिगमा प्रतिनिधित्व गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *