पुजा कुँवर
नेपालगन्ज–आगामी असारको दोस्रो साता नेपालगन्जमा आयोजना हुने दोस्रो मिस्टर एण्ड मिस एस.ई.ई. नेपालगन्जको फाईनल चरणको लागि १४ जना छनोट भएका छन ।
शनिवार नेपालगन्जमा सम्पन्न अडिसनबाट फाईनल चरणको लागि १४ जना छनोट भएका हुन । छनोट हुनेमा ३ जना पुरुष र ११ जना महिला छन । इभेन्ट्सलाई ब्राण्डीङ गर्दै लैजाने योजनाका साथ आयोजित दोस्रो संस्करणको अडिसनका लागि ५२ जनाले सहभागिता जनाएको आयोजक संस्था पि.के. ईभेन्ट प्रा.लि.का अध्यक्ष प्रकाश कुँवरले जानकारी दिनुभयो ।
अडिसनको निर्णायक मण्डलमा सञ्चारकर्मी समिरमान श्रेष्ठ, फेसन डिजाइनर प्रतिभा खड्का, मेकअप आर्टिष्ट प्रनिता के.सी, फेस अफ नेपालगन्ज सिजन–२ का बिजेता सुभम सलामी मगर र एलिसा नेपाली रहेका थिए ।
छनोट हुने १४ जनालाई फाईनल प्रतिस्पर्धाका लागि वाकिङ, फोटोसुट, सामाजिक कार्य, खेलकुद, मेकअप लगायतका बारेमा प्रशिक्षण दिईने बताईएको छ । मिस्टर एण्ड मिस एस.ई.ई. को बिजेताले प्लस टु मा छात्रबृत्ति र आयोजक पिके ईभेन्ट्सको ब्राण्ड एम्बेसडरको रुपमा काम गर्ने अवसर प्राप्त गर्ने समेत आयोजकले जनाएको छ । यसैगरि अन्य बिधामा बिजेतालाई आकर्षक पुरस्कारको समेत ब्यवस्था गरिएको छ ।
दोस्रो संस्करणको कोरियोग्राफी मिस टिन लुम्बिनी र मिस हिमालयन बुटवलको बिजेता सेन्जल पौडेलले गर्ने अध्यक्ष कुंवरले बताउनुभयो ।
मिस्टर एण्ड मिस एस.ई.ई. नेपालगन्जको पहिलो आयोजना सन २०१९ मा भएको थियो । कोभिड–१९ कोरोनाको कारणले रोकिएको कार्यक्रम पुनः यस बर्षबाट शुरु गर्न लागिएको हो । पहिलो संस्करणमा सिमोन गिरीले मिस नेपालगन्ज र सन्देश वाग्लेले मिस्टर नेपालगन्जको उपाधी जितेका थिए ।