मिस्टर नेपालगन्ज २०२२ को अडिसन असोज २३ गतेदेखि

मनोरञ्जन समाचार

Javed

Javed Ahmad

नेपालगन्ज, भदौं १६–जय सम्भु मिस्टर नेपालगञ्ज २०२२ प्रतियोगिता नेपालगञ्जमा आयोजना गरिने भएको छ । सन् २०१९ बाट शुरु गरिएको मिस्टर नेपालगञ्जको तेस्रो संस्करण भाद्र १६ गते देखि सिजन ३ को आबेदन खुल्ला गरिएको आयोजक ओन क्रेयसनका प्रमुख कार्यकारी अधिकृत प्रेमा वलीले आज नेपालगञ्जमा पत्रकार भेटघाट कार्यक्रममा बताउनुभयो । बांकेलाई राष्ट्रिय रुपमा परिचित गराउन मिस्टर नेपालगञ्जको सिजन तीन सम्म आइपुगेको उहाँले बताउनुभयो । जय शम्भु फनिर्चर एण्ड होम डेकोर कोहलपुरको प्रायोजनमा हुन लागेको प्रतियोगिताको सोसल मिडिया पाटनर कोहलपुर ग्यालरी र नेपालगञ्ज ग्यालरी रहेका छन ।

१६ बर्षदेखि २६ बर्ष समुहका अविवाहित पुरुषहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको प्रथम अडिसन असोज २३ गतेदेखि मेरो प्लानेट नेपालगञ्जमा शुरु हुनेछ । फाइनल बिजेताले ३५ हजार बराबरको गिफट ह्याम्पर पाउनुका साथै नेशनल इभेन्टमा भाग लिन समेत पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *