मुस्लिम समुदायले भव्यका साथ मनाउदै बकराईद

मुख्य खबर समाचार

नेपालगन्ज, २६ असार-इस्लामी धर्मावलम्बीहरु महान पर्व बकर ईद नेपालगन्जमा पनि भव्यताका साथ मनाएको छ । इस्लामी धर्मावलम्बीहरु महान पर्व बकर ईद आइतवार नेपालगन्जमा भव्यताका साथ मनाएको हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि रहेकाले तीन दिनसम्म मनाइने यो पर्वलाई इद–उल–अजहा पनि भनिने गरिन्छ । प्रत्येक वर्ष इदुल फित्र अर्थात् रमजान पछि मनाइने यस पर्वमा इस्लामी दाजुभाईहरुले नमाज पढ्दै एक अर्काको स्वास्थ्य र सुखद भविष्यको प्राथना गर्दै मनाउने गरिन्छ ।


भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले इस्लामी धर्मावलम्बीहरु महान पर्व बकर ईदको अवसरमा सबै नेपालीको सुख र समृद्धिको लागि कामना गर्दे शुभकामना व्यक्त गर्नुभएको छ । “यहाँका नागरिकले नेपालगन्ज सहरलाई सामाजिक सदभावको सहर भनेर चिनारी स्थापित गरेका छन उहाँले भन्नुभयो । नेपालगन्ज जस्तै देशभर समाजिक सदभाव कायम गर्ने यस पर्व लगायत यहाँको हरेक चार्डपर्वले सन्देश दिएको मन्त्री राईले बताउँनुभयो । केही मान्छेको व्यक्तिगत स्वार्थले देश सामाजिक सदभावलाई भड्काउने भाइचारा एकआपसी बिश्वासमा सम्बन्धमा नकरात्मक असर पु¥याएका थुप्रै घटना रहेकाले यस्ता समाजिक सदभाव भड्काउने खालको कुराबाट सचेत रहन मन्त्री राईले सझाव समेत दिनुभयो ।


नेपालगन्ज शहर सदभावको शहर भनेर चिनिने शहरलाई यो पर्वले अझ भाईचाराको नाता प्रगाढ बनाएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताउनुभयो । सदा झै एक आपसमा मिलेर मनाउने पर्व ईदुल अजहाले देशकै नमुनाको शहर भनेर चिनाउन सफल भएको प्रति गर्भ लाग्ने गरेको उहाँले बताउनुभयो ।
बकराईद पर्वलाई त्याग र बलिदानको पर्व पनि भनिने व्यवसायी नन्दलाल बैश्यले बताउँनुभएको छ । यसपर्वलाई कुर्वानी गरि गरिव असायलाई कुर्वानी गरेको एक भाग मासु साथीभाई तथा गरिव असहायलाई दिने चलन रहेको बैश्यले बताउनुभयो ।
हजरी संवत् अनुसार १ हजार ४ सय ३५वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको उहाँले बताउँनुभयो । यस दिन इस्लामी दाजुभाईहरुले मस्जिदमा जम्मा भई विशेष नमाज पढिने र नमाज पढिसकेपछि घरमा गई जनावरको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँडेर एकाआपसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन समेत रहेको छ । आजको दिन दिनभरी शुभकामना आदनप्रदान र मिठो मिठो खानेकुरा खाने चलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *