मेगा बैंकले दियो मानव सेवा आश्रमलाई खेलकुद तथा मनोरञ्जनका सामाग्री

समाचार

नेपालगन्ज : मेगा बैंक नेपाल लिमिटेड, नेपालगन्ज क्लस्टरले शुक्रवार खेलकुद तथा मनोरञ्जनका सामाग्री वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत नेपालगन्जको मानवसेवा आश्रमलाई खेलकुद तथा मनोरञ्जनका सामाग्री वितरण गरेको हो । उक्त कार्यक्रममा आश्रितहरुलाई खेलकुद तथा मनोरञ्जनका सामाग्रीहरु प्रदान गरिएको मेगा बैंक नेपालगन्जले जनाएको छ ।
बैंकले सहयोग स्वरुप प्रदान गरिएका क्यारमबोर्ड, ब्याडमिन्टन, टेबलटेनिस, चेस, लुडोका साथै मादल, बासुरी, र अन्य बाजाका सामाग्रीले अश्रितहरुलाई समय विताउन र खुशी रहन मद्दत पुग्ने विश्वास गरिएको छ । साथमा आश्रमको लागि १२ थान तन्ना पनि सहयोग गरिएको छ । उक्त कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेड नेपालगन्ज कलस्टरका प्रमुख शरद अधिकारी सहित उक्त कलस्टर अन्तरगतका शाखाहरु कोहलपुर, कारकादो, बाँसगढी, नेपालगन्ज र गेरुवाका शाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


बैंकले समय समयमा सामाजिक उत्तरदायित्व बहन गदैर्ए आएको र आगामी दिनमा पनि सो कार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत बैंकले गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *