मेराे प्रतिस्पर्धी काेहि छैन : मन्त्री राई ।

मुख्य खबर समाचार

नेपालगन्ज, २३ असाेज-जनता समाजवादी पार्टीले बाँकेका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ। ३ प्रतिनिधि सभा र ६ प्रदेश सभामा जनता समाजवादी पार्टीले एकल उम्मेदवारी दिएको हो। अन्य ठाउँमा गठबन्धन भए पनि बाँकेमा जनता समाजवादी पार्टी एक्लै चुनावी मैदानमा छ।

बाँके क्षेत्र नं १ प्रतिनिधि सभामा जसपाबाट रामकुमार यादव उम्मेदवार बनेका छन्। त्यस्तै निर्वाचन क्षेत्र नं १ (क) बाट अम्मर बहादुर खड्काले उम्मेदवारी दिएका छन्। उनी माओवादी केन्द्र त्यागेर आजै जसपा प्रवेश गरेका हुन्। त्यस्तै क्षेत्र नं १ को (ख) बाट लालबहादुर शाह उम्मेदवार बनेका छन्।

प्रतिनिधि सभा क्षेत्र नं २ मा मोहम्मद इश्तियाक राईले उम्मेदवारी दर्ता गराएका छन्। २ को (क) बाट भण्डारी लाल यादव र (ख) बाट आदेश कुमार अग्रवालको उम्मेदवारी परेको छ। अग्रवाल आजैमात्र माओवादी केन्द्र त्यागेर जसपा प्रवेश गरेका हुन्।

त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं ३ मा नोयन्द्र धितालको उम्मेदवारी परेको छ। एमालेले टिकट वितरणमा अन्याय गरेको भन्दै धिताल जसपा प्रवेश गरेर निर्वाचन लड्न लागेका हुन्। प्रतिनिधि सभा क्षेत्र नं ३ को प्रदेश सभा (क) बाट गयासुद्दिन खान उम्मेदवार छन् भने (ख) बाट विजय कुमार पाठकले उम्मेदवारी दर्ता गरेका छन्।
उम्मेदवारी दर्ता पछि पत्रकारहरुसंग कुरा गर्दैन मन्त्री राईले गठबन्धनमा सम्मानजनक सहभागीता नभएकोले आफुहरु एक्लै चुनावी मैदानमा हाेमिएकाे बताएका छन् । उनले आफ्नो प्रतिस्पर्धि काेहिपनि नभएको दावी गर्दै जित सुनिश्चित रहेको ठाेकुवा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *