नेपालगन्ज, ३२ श्रावण-मोहरर्म पर्वका अवसरमा नेपालगन्जका विभिन्न स्थानबाट बाजागाजाका साथै हुसैनी जुलुस निकालीने भएको छ । कोरोना महामारीका कारण लामो समय देखि धुमधामका साथ मोहर्रम पर्व नमनाएका बाँकेका मुस्लिम समुदायले यस वर्ष नेपालगन्जका विभिन्न स्थानबाट हुसैनी जुलुस निकाल्ने भएका हुन् ।
महामारीका बेला सामाजिक सुरक्षालाई मध्येनजर गर्दैसो जुलुस निकाल्ने समेत उनिहरुले बताएका छन् । मुस्लिम धर्मावालम्बीहरुको सांस्कृतृक पर्वका रुपमा रहेको मोहर्रम पर्व विगतका केहि बर्षहरु देखि कोरोना महामारीका कारण धुमधाम रुपले मनाउन पाएका थिएनन् ।
सामाजिक सुरक्षाका मापदण्ड र भौतिक दुरी कायम गरि नेपाल सरकारले जारी गरेको सुरक्षाका सबै कुराहरु पूर्ण रुपमा पालना गरि मोहरर्म पर्व मनाईने मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष मेराज हिमालले जानकारी दिएका छन् ।
सोमबार राती १२ बजे पछि मोहर्रमको छैठौै दिनमा मेहन्दी मिलन कार्यक्रम र हुसैनी जुलूस निकाल्ने कार्याक्रम रहेको जानकारी दिंदै अध्यक्ष हिमालले ७ औं र ८औं दिन मा हुसैनी जुलूस निकाल्ने र आलम मिलन गरी महतम कार्यक्रम हुने बताए ।

यसैगरि पर्वको ९औै दिन ताजिया राखी रातभरी दुरुद फातिहा गरि मनाउने र भोलि पल्ट मोहर्रम पर्वको १० औ दिन ताजिया बिसर्जनको कार्यक्रम रहेको अध्यक्ष हिमालले उल्लेख गरे ।
कोरोना संक्रमणको प्रकोप कायमै रहेकोमा जोड दिदै प्रशासनले जारी गरेको सामाजिक सुरक्षा मापदण्ड अनुसार नै यस बर्षको मोहर्रम पर्व मनाईने केन्द्रिय मोहर्रम तथा कर्बला व्यवस्थापन समितिले जनाएको छ ।
साथै समितिले कोरोना कहरका कारण स्वास्थ्य मापदंड को पालना गर्दै न्यून संख्यामा मात्र सहभागिता हुने जानकारी दिएको भने, महिला बाल बालिका अशक्त हरूलाई आ–आफनै घर अगाडी बाट मेहंदी परिक्रमा हेर्न अपील गरेको छ । यस पटक मेहदी मिलान एतिहासिक परम्परा लाई संकेतिकरूपमा मनाइ पुरा गरिने समितिले जनाएको छ ।