युनेस्कोद्वारा विपन्न र जोखिममा रहेका बालबालिकाका परिवारलाई खाद्यान्न वितरण

समाचार


नेपालगन्ज, बाँके युनेस्को क्लबले खजुरा गाउँपालिकाका बिपन्न, पिडित, प्रभावित र अति जोखिममा रहेका बालबालिकाका परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरिएको ‘रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना’ (प्राटेक्ट) अन्तर्गत सो खाद्यान्न वितरण गरिएको हो ।
गाउँपालिकाका अति बिपन्न र जोखिममा रहेका २७ जना बालबालिकाका परिवारलाई उनिहरुको जिविकोपार्जनमा सहयोग पुगोस भन्ने उदेश्यका साथ खाद्यान्न वितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले मानवबेचविखन रोकथामका लागि सञ्चालन गरिएको उक्त परियोजना अन्तर्गत जोखिममा रहेका बालबालिकाका परिवारमा जनचेतना फैलाउनुका साथै उनिहरुलाई सहयोग पनि गर्ने गरिएको बताउनुभयो ।
खजुरा गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, प्लान नेपालका क्षेत्रीय प्रमुख मिना पराजुली, बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरी, उपाध्यक्ष पन्चम गुरुंग र वडा नम्बर ४ का वडाअध्यक्ष तिलकविर सुनारले बालबालिकाका परिवारलाई खाद्यान्न वितरण गर्नुभयो ।
सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष कक्षपतिले प्लानको सहयोगमा क्लबले सञ्चालन गरेको यो परियोजनाले सरकारको मानवबेचविखन विरुद्धको अभियानमा ठुलो सहयोग मिलेको बताउनुभयो ।
सो अवसरमा प्लान नेपालका क्षेत्रीय प्रमुख मिना पराजुली र गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले जोखिममा रहेका बालबालिकाको संरक्षणमा विशेष जोड दिइने बताउनुभयो ।
वितरण गरिएको खाद्यान्नमा हरेक परिवारलाई ३० किलो चामल, साढे तीन किलो चिनी, पाँच किलो नुन, तीन लिटर रिफाइन तेल, तीन किलो दाल, पौने चार किलो चना, डेढ किलो सर्फ, तीन वटा साबुन, सात प्याकेट सेनेटरी प्याड, १४ वटा मास्क र एक सेनिटाइजर रहेको परियोजनाका संयोजक महेश नेपालीले बताउनुभयो ।
सो अवसरमा प्लान नेपालका कार्यक्रम विशेषज्ञ विनय ज्ञवाली, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर, कार्यक्रम अधिकृत अनुप बर्मा लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *