युनेस्को क्लबद्वारा नेपालगञ्ज र खजुराको बाल कोषमा सहयोग

समाचार

नेपालगन्ज , बाँके युनेस्को क्लबले बाल संरक्षणका लागि नेपालगन्ज उपमहानगर र खजुरा गाउँपालिकामा स्थापना गरिएका बाल कोषमा दुई लाख ५० हजार रुपियाँ सहयोग गरेको छ ।
क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरिएको रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना (प्रोटेक्ट) अन्तर्गत नेपालगन्ज उपमहानगरको बाल कोषलाई एक लाख ५० हजार र खजुरा गाउँपालिकाको बाल कोषलाई ५० हजार गरेर दुई लाख ५० हजार सहयोग गरिएको क्लबले जनाएको छ ।
विहिबार दुबै पालिकामा आयोजना गरिएको छुट्टा छुट्टै कार्यक्रममा प्लान नेपालका क्षेत्रीय प्रमुख मिना पराजुली, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी र अध्यक्ष राजेन्द्र चौधरीले नेपालगन्ज उपमहानगरका कार्यवाहक मेयर उमा थापा मगर र सामाजिक विकास महाशाखाका उपसचिव शोभा शाहलाई तथा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र उपाध्यक्ष एकमाया विकलाई चेक हस्तान्तरण गर्नुभयो ।
चेक बुझ्दै नेपालगन्ज उपमहानगर सामाजिक विकास महाशाखाका उपसचिव शोभा शाहले यो सहयोगले जोखिममा रहेका बालबालिकाको उद्दार, मद्दत, राहत र पुन:स्थापना लगायतका काममा ठुलो सहयोग पुग्ने बताउनुभयो ।
यसैगरि खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले पनि बालकोषमा गरिएको सहयोगले बाल संरक्षणमा ठुलो मद्दत गर्ने जनाउँदै पालिकाले पनि कोषमा रकम थप गर्दै जाने बताउनुभयो ।
सो अवसरमा प्लान नेपालका कार्यक्रम विशेषज्ञ विनय ज्ञवाली, बाँके युनेस्को क्लबका महासचिव मिना तुलाधर, कार्य समिति सदस्य फिरदौस जहाँ, कार्यकारी निर्देशक रवि तुलाधर, वित्त प्रमुख वेद पंगाली, कार्यक्रम संयोजक महेश नेपाली, कार्यक्रम अधिकृत अनुप बर्मा लगायतको सहभागिता रहेको थियो ।
यसैगरि प्लान नेपालका क्षेत्रीय प्रमुख मिना पराजुलीको टोलीले खजुरा गाउँपालिका ४ को वडा कार्यालयमा गाउँपालिकाका युवा अभियन्ताहरुसंग उनिहरुले गरेकोमा कार्यहरु बारे जानकारी लिन छलफल गर्नु भएको थियो भने सोही वडा कार्यालयमा सामाजिक व्यवहार परिवर्तन सञ्चार सम्बन्धि सन्देश प्रवाह गर्नका लागि सञ्चालन भैरहेको सेसनको समेत अनुगमन र अवलोकन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *