नेपालगन्ज, ८ असार-बाँके युनेस्को क्लबले बाँकेका चार वटा पालिकामा रहेका प्रेरणाका श्रोत अभियानकर्ताहरुलाई ब्याग, डायरी र कलम वितरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालित प्रोटेक्ट (महिला बेचविखन विरुद्धको) परियोजना अन्तर्गत महिला बेचविखन विरुद्ध समुदायमा सचेतना फैलाउने काम गर्दै आएका प्रेरणाका श्रोत अभियानकर्ताहरुलाई व्याग, डायरी र कलम वितरण गरिएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकामा रहेका २० जना रोल मोडेल एम्बेसडर (प्रेरणाका श्रोत अभियानकर्ता) लाई काम गर्न सहज होस भन्ने उदेश्यले सो सामाग्री वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकी, अध्यक्ष राजेन्द्र चौधरी, कार्यसमिति सदस्य फिरदौस जहाँ, कार्यकारी निर्देशक रवि कुमार तुलाधर लगायतले अभियानकर्तालाई ब्याग, डायरी र कलम वितरण गर्नुभयो ।

सो सामाग्री पाएपछि महिला बेचविखन विरुद्ध सचेतना अभियान चलाउन झन सहज हुने नेपालगञ्ज उपमहानगरका रोल मोडेल एम्बेसडर स्वेता गुरुंगले बताउनुभयो । सो अवसरमा क्लबका सह निर्देशक साजिद अलि सिद्दिकी, कार्यक्रम अधिकृतहरु हसन फिरोज, अनुप बर्मा लगायतको पनि उपस्थिति रहेको थियो । महिला बेचविखन रोकथामका लागि क्लबले सञ्चालन गरेको प्रोटेक्ट परियोजना अन्तर्गत विभिन्न गतिविधी र कार्यक्रमहरु गर्दै आएको छ ।
