युवा संगठन वाइसीएल बाँकेद्धारा बृहत् रक्तदानकाे आयाेजना

मुख्य खबर समाचार

इराफान अलि

बाॅके, २९ जेठ-नेकपा माओबादी केन्द्र निकटको युवा संगठन वाइसीएल बाँकेद्धारा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । कोरोना महामारीको विषम परिस्थितिमा रक्त संचार केन्द्रमा देखिएको रगतको अभावलाई मध्यनजर गरेर शनिबार नेपालगन्जमा बृहत् रक्तदान कार्यक्रम गरिएको हो । योङ्ग कम्युनिस्ट लिग नेपाल जिल्ला कार्यसमिती बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका छन ।उक्त रक्तदान कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्यद्धय अक्कल बहादुर बम, नरेन्द्र न्यौपाने र नरेन्द्र पाण्डे ‘जेम्स’, वाइसीएलका युवा नेता तथा केन्द्रिय सचिव गणेश शाही, रतन शाही, जिल्ला संयोजक आकाश कार्की, पार्टीका नेपालगन्ज उपमहानगर कमिटी अध्यक्ष डिल्ली बराल, वाइसीएलका नेता किस्मत अलि शेष लगायतका नेेेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त रक्तदान कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज महेश्वर गहतराज ‘अथक’को पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *