बाॅके, १६ जेठ-बाँकेको राप्तीसोनारी गाँउपालिका ८ ढकेरीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १३ च ८२५३ नम्बरको कार र पूर्वतर्फ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस ढकेरी आर्मी ब्यारेक नजिकै एक आपसमा ठोक्किदा कारमा सवार बुटवल निवासी ५४ बर्षिया डा सन्जु खाती र कार चालक गोरखाका ३७ बर्षिय सुवास अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । डा. खाती सुर्खेत प्रादेशिक अस्पतालका निर्देशक डा डम्बर खड्काकी पत्नी हुनुहुन्छ ।
बसमा यात्रा गर्नेहरू मध्ये ६ जना सामान्य घाइतेहरुको कोहलपुरमा उपचार भइरहेको र बस चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
राप्तीसोनारी गाँउपालिका ८ ढकेरीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
