राप्तीसोनारी ३ मा तरुणदलको रक्तदान कार्यक्रम

समाचार स्वास्थ्य

राप्तीसोनारी ः राप्तीसोनारी गाउँपालिकामा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान जिवनदान भन्ने मुल नाराका साथ राप्ती सोनारी गाउँपालिका ३ बैशामा रक्तदान गरिएको हो । राप्ती सोनारी गाउँपालिका वडा नं. ३ नेपाल तरुण दल कमिटीको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ७७ जना युवाले रक्तदान गरेका थिए । रक्तदान गर्नेमा संदिप विसी, सुरज थारु, हिरालाल सुनार, प्रदिप थारु, केशव शाही, मनोज विक्रम थारु, सन्तराम थारु, सन्तोष थारु लगायत ७७ जनाले रक्तदान गरेको नेपाल तरुण दल राप्तीसोनारी गाउँपालिका कमिटि वडा नं. ३ का अध्यक्ष विश्वसागर परियारले जानकारी गराउनुभयो । रक्तदान कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, सोकिय सचिव सन्तोष थारु, नेपाली काग्रेसका उपसभापति फुलाराम थारु, जिल्ला सदस्यहरु, स्थानिय युवा नेताहरु लगायतको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कार्यालय नेपालगन्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रमको आर्थिक सहयोग सन्तोष थारुले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *