राप्ती तटिय बन संरक्षण बहुद्देशीय सहकारी, कम्दीको साधारण सभा सम्पन्न

समाचार

नेपालगन्ज । आर्थिक बर्ष २०७९/०८० को विभिन्न प्रस्तावहरु पारित गर्दै राप्ती तटिय बन संरक्षण बहुद्देशीय सहकारी संस्था लिमिटेड कम्दी, बाँकेको १४ औं साधारण सभा सम्पन्न भएको छ।
साधारण सभाको दीप प्रज्वलन गरि डुडुवा गाँउपालिकाकि उपाध्यक्ष शाहिदा बानोले उदघाटन गर्नुभयो। उपाध्यक्ष बानोले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने बताउनुभयो। उहाँले सहकारीहरुले अव ठूलो परिणामको नतिजा दिनका लागि आगामी दिनमा थप ब्यवस्थित भएर अगाडि बढ्न सुझाव दिनुभयो। उपाध्यक्ष बानोले संस्थालाई प्रगतिको शुभकामना दिदै सहकारीको बिकासका लागि पालिकाले सक्दो सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।
संस्थाका अध्यक्ष खिम बहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न सभामा संस्थाका कोषाध्यक्ष मीना कुमारी मल्लले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाको बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष बुढाथोकीले संस्था बलियो भए शेयर सदस्यको रकम सुरक्षित हुने बताउँदै सबैले सदस्य सङ्ख्या बढाउँदै जानु पर्ने बताउनुभयो। उहाँले आर्थिक बर्ष २०७९/०८० मा संस्थाको कुल आय ७० लाख ७५ हजार २ सय २५, कुल खर्च ३३ लाख ५७ हजार ७ सय ७५ र खुद बचत ३७१७४५० भएको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा लाल बहादुर थापा, ऋण उपसमिती बाँकेका जिल्ला संयोजक अलफात खान, स्थानिय बन महासंघका संयोजक बेल बहादुर बोहरा, कमल बुढाथोकी, वडा सदस्य काशीराम यादब, संस्थाका लेखापाल भागीराम बोहरा, सचिव भिम बहादुर चन्द, पदमपुर महिला बचत सहकारी संस्थाका अध्यक्ष हेमा थापा, कम्दिस्थित एशियन लाईफ ईन्श्योरेन्सकि उपप्रमुख चन्द्रमाया गिरी, शेयर सदस्यहरु, स्थानिय सामुदायिक बन तथा सहकारी संस्थाका प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *