राेजगारि सृजनाका लागि राेजगारदाताहरुलाई अभिमुखिकरण

समाचार

नेपालगन्ज, फागुन ८-बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा राेजगारि सृजनाका लागि राेजगारदाताहरुलाई अभिमुखिकरण आयोजना गरेकोे छ ।
प्लान नेपालको सहयाेगमा क्लबद्वारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तरगत साे अभिमुखिकरण आयोजना गरिएको हाे ।
कार्यक्रममा गुलरियामा रहेका विभिन्न सेवा प्रदायक संस्था, फर्म, कम्पनी, बिद्यालय,सहकारी, हाेटेल व्यवसायी र उद्योग बाणिज्य संघका प्रतिनिधिहरु र श्रमिकहरुविच लैगिक समानता र श्रम एन सम्बन्धि छलफल भएको थियो ।
सा्े अभिमुखिकरणाकाे सहजिकरण अधिवक्ता राजकुमार थारूले गर्नुभएको थियो ।
कार्यक्रममा परियोजनाको उदेश्य , हालसम्मको प्रगति समिक्षा र राेजगारि सृजना गर्न सहयोग पुग्नका लागि राेजगारदाताले गर्नुपर्ने कार्यका बारेमा छलफल गरिएको थियोे ।
युवा महिलालाई विभिन्न राेजगारदाताकाे निकायमा राेजगार दिलाउन सहयोग पुग्ने वातावरण बनाउन तथा लैगिक समानता कायम गरेर मर्यादित काममा लाग्न सहजताका लागि अभिमुखिकरण गरिएको पर्ल परियोजनाका संयोजक गाेविन्द लामिछानेले बताउनु भयो ।
साे अभिमुखिकरणमा ३५ जनाको सहभागिता रहेकाे क्लबले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *