मोडल अर्जुनले रुदै हिन्छु बन पाखामा बोलको म्युजिक भिडियो ल्याउँदै रुदै हिन्छु बन पाखामा भन्ने बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । मोडल अर्जुन बुढा र सिमा जिसीको मुख्य अभिनय रहेको रुदै हिन्छु बन पाखामा भन्ने बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको हो । चर्चित गायक इन्द्र केसी र गायीका राधा विसीको स्वरमा रहेको म्युजिक भिडियोको छायाङकन कैलालीको रमणीय स्थानमा भएको सुटिङ युनिटले जनाएको छ । म्युजिक भिडियोको गितमा दिपक भण्डारीले डाइरेक्सन गर्नुभएको छ भने क्यामरामा दिपेश ठुगेन्नाले साथ दिनुभएको छ । यस्तै इडिटिङमा मिन रावलले साथ दिनुभएको छ भने मुर्चुगा रेकडिङग स्टुडियो काठमाण्डौंबाट गित रेकडिङग भएको मोडल अर्जुन बुढाले जानकारी गराउनुभयो । म्युजिक भिडियो केही दिनमा मोडल अर्जुन बुढाको युट्युव च्यानलबाट सार्वजनिक हुने कलाकार बुढाले जानकारी गराउनुभयो ।
रुदै हिन्छु बन पाखामा बोलको म्युजिक भिडियो आउँदै
