नेपालगन्ज, २८ असार-बाँकेको नेपालगन्जका ४० बढि होटलहरु लकडाउनका कारण बन्द हुन पुगेका छन् । सरकारले नेपालगन्ज नाकामा होल्डिङ सेन्टर राखेकै कारण नेपालगन्जका होटल धरासायी भएको होटल व्यवसायी धरासयी बन्द हुने अवस्थामा पुगेका हुन् । भारतबाट आउजाउ गर्नेहरुलाई लक्षित गरि संचालनमा रहेका अधिकांश होटल बन्द हुने अवस्था सिर्जना भएको होटल ब्यवसायी धिरेन्द्र शाहीले बताउनुभयो । उहाँले होल्डिङ सेन्टरमा खटिने सुरक्षाकर्मीले पक्षपात गर्ने गरेको गुनासो गर्नुभयो । ‘पहुँच पुग्ने र भनसुन गर्न सक्ने टाठाबाठालाई होल्डिङ सेन्टरमा राखिदैन । बोल्न नसक्ने, पहुँच नहुने र सोझासाझा सर्वसाधारणलाई जवरजस्ती होल्डिङ सेन्टरमा राखेर कैद गरिन्छ,’ उहाँले भन्नुभयो , होल्डिङ सेन्टर सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सेटिङ मिलाएर आफ्ना मान्छेको गाडी र होटलमा यात्रु पठाउँदा सोर्सफोर्स नहुने होटल ब्यवसायी मर्कामा परेका छौँ ।’उहाँले भन्नुभयो । भारतबाट आउने नेपालीको जमुनाह नाकामा कोरोना जाँच गरिन्छ । शंकास्पद ब्यक्तिको आरडिटी प्रविधिबाट कोरोना जाँच हुन्छ भने अन्यको शरिरको तापक्रम नापेर नेपाल प्रवेश गर्न दिइन्छ । कोरोना पोजेटिभ ब्यक्तिलाई अस्पताल पठाउने र कोरोना रिपोर्ट नेगेटिभ आएका ब्यक्तिलाई होल्डिङ सेन्टरमा नराखेर सरासर नेपालगन्ज जाने ब्यवस्था मिलाउन होटल ब्यवसायले माग गरेका छन् । ‘भारतबाट आएका नेपालीबाट अन्य ब्यक्तिमा कोरोना सर्न नदिन होल्डिङ सेन्टरमा राखिएको हो भने कोरोना रिपोर्ट नेगेटिभ भएका ब्यक्तिलाई सेन्टरमा किन हुल्नु पर्यो,’ उहाँले भन्नुभयो । होल्डिङ सेन्टरमा राखेर भारतबाट आउने नेपालीलाई थप पीडा दिएको नेपालगन्जका अर्का होटल ब्यवसायी कृष्ण विकले बताउनुभयो । उहाँले भारतबाट आउने नेपालीले अस्पतालमा भर्ना भएका आफन्त र नेपालगन्जमा रहेका अन्य नातेदारलाई भेट्न नपाएको बताउनुभयो । विरामी भेट्न भनेर आएका नेपालीलाई समेत गाडीमा राखेर सिधै सम्बन्धित जिल्लाको गाडीमा बसालिन्छ । चाहेर पनि आफ्ना विरामी आफन्त र नातेदारलाई भेट्न बञ्चित गरिएको छ,’ उहाँले भन्नुभयो । नेपालगन्ज खाना खुवाउदा कोरोना सर्ने र अनेत्र खाना खुवाउदा कोरोना नसर्ने भएको व्यवहार देखिएको उहाँले बताउनुभयो । लामो समय होटल व्यवसायी धरापमा रहेका छन् ग्रहाक नपाएर होटल व्यवसायी अन्तिम अवस्थमा पुगेको उहाँले बताउनुभयो ।
भारतबाट आएका नेपालीलाई सेन्टरमा रहेका सुरक्षाकर्मीले दवावमा पार्ने गरेको उहाँले बताउनुभयो । उहाँले बस्ने इच्छा नहुँदा नहुँदै पनि जवरजस्ती होल्डिङ सेन्टरमा पुर्याउने गरेको बताउनुभयो । भारत र नेपालमा लकडाउन खुकुलो हुँदा पनि अपराधीलाई गर्ने ब्यवहार जस्तो गरि भारतबाट आएका नेपालीलाई होल्डिङ सेन्टरमा धकेलिन्छ । नेपालगन्जमा अति आवश्यक काम भएकाहरुलाई समेत जवरजस्ती सेन्टरमा हाल्दा मानव अधिकार हनन् भएको छ,’ उहाँले भन्नुभयो । होटल ब्यवसायी संघ, नेपालगन्जका बरिष्ठ उपाध्यक्ष रामबहादुर लिम्बुले भारतबाट आउनेलाई होल्डिङ सेन्टरमा राखेर सिधै गृह जिल्ला पठाउने गरेका कारण नेपालगन्जका होटल मर्कामा परेको बताउनुभयो । एउटै काम र एउटै सवारी साधन मार्फत नेपाल भित्रिएका मध्ये बाँके तथा बर्दियाकालाई होल्डिङ सेन्टरमा नराखी घर जान दिइन्छ, तर पहाडी जिल्लाकालाई होल्डिङ सेन्टरमा कैद गरेर राखिन्छ । यो कस्तो विडम्बना हो । यो त पक्षपात भयो,’ उहाँले भन्नुभयो । दिनभर खुल्नुपर्ने होल्डिङ सेन्टरमा दिउँसो १२ बजेपछि सुरक्षाकर्मीले ड्यूटी नगरेको अर्का होटल ब्यवसायी जगत शाहीले बताउनुभयो । उहाँले होल्डिङ सेन्टरमा भारतीय रुपैँयाको कारोबार समेत हुने गरेको बताउनुभयो । भारतबाट आएका नेपाली र सुरक्षाकर्मी तथा यातायात ब्यवसायी वीच भारतीय रुपैँयाको कारोबार पनि हुन्छ,’ शाहीले भन्नुभयो ‘होल्डिङ सेन्टरमा खटिएका सुुरक्षाकर्मीले गाडी पठाए बापत कमिशन पनि खाएको गुनासो छ ।’ नेपालगन्जका होटल ब्यवसायीले धरासायी भएका होटलको उत्थानका लागि भारतबाट आएका नेपालीलाई होल्डिङ सेन्टरमा नराख्न आग्रह गरेका छन् । ‘राज्यले हाम्रो हित चाहन्छ भने पोजेटिभ ब्यक्तिलाई अस्पताल वा आइसोलेशनमा पठाउने र नेगेटिभ ब्यक्तिलाई सरासर नेपालगन्ज आउने ब्यवस्था मिलाउनु पर्यो,’ अर्का होटल ब्यवसायहरुको माग छ ।
लकडाउनका कारण नेपालगन्जका ४० बढि होटलहरु बन्द, अन्य पनि धरासयी अवस्थामा
