वडाध्यक्ष पदमा नेकपा माओबादी केन्द्रबाट युवा नेता गोपाल पुनको जबरजस्त दाबी

समाचार

नेपालगन्ज,११ बैशाख–नेपालगन्ज उपमहानगरपालिको वडा नम्बर– ४ मा वडाध्यक्ष पदका लागि नेकपा माओबादी केन्द्रबाट युवा नेता गोपाल पुनले जबरजस्त उम्मेद्वार दाबी गरेका छन् ।
स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा जनप्रतिनिधिका लागि होडवाजी चलेको छ । हरेक स्थानिय तहमा वडा अध्यक्षदेखि मेयर, उपमेयर, सदस्यसम्मको होडवाजी चलेको हो ।
बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक दलका नेताहरुमा चुनावी गर्मी चाडेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ को वडा अध्यक्ष पदको उम्मेद्वार माओवादी केन्द्रबाट प्रमुख दाबेदार गोपाल पुनले वडा अध्यक्ष पदका लागि उम्मेद्वारी दाबी गरेका हुन् ।
माओबादीबाट वडाध्यक्षको लागि आफुले दाबी गरेको जानकारी ईताम्रपत्र न्युज डटकमलाई दिनुभयो । ुनेपालगन्ज– ४ को वडाध्यक्ष पदको लागि मैले सो पार्टी बाट दाबी पेश गरेको छुु उनले भने । वडाको समग्र बिकास तथा प्रगातिका लागि मैले वडाध्यक्षमा दाबी पेश गरेको हो ।
हिन्दु, मुस्लिम लगायत विभिन्न धर्मलम्बीहरुको चाडपर्व तथा अन्य कार्यक्रमा आफुले साथ र सहयोग गर्दै आएको जिकिर गर्नुका साथै जनतासंग मिलेर काम गर्ने मनसायका साथ वडा अध्यक्ष पदमा उम्मेद्वारी दिएको उहाँले बताउनुभयो ।
वडाध्यक्षमा नेकपा माओबादीबाट दाबी पेश गरेका पुन नेकपा माओबादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटि उपाध्यक्ष पनि रहेका छन् भने त्यस्तै नगर बिकास समिति बाँकेका पूर्वअध्यक्ष समेत रहेका हुन् । युवा नेता पुनको लोकप्रियता वडा, टोल– बस्ती सम्मा मात्रै नभएर नगरमा पनि उत्तिकै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *