नेपालगन्ज, २६ चैत–नेपालगन्ज उप–महानगरपालिका वडा नं.१३ मा जनचेतनामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ ।
वडामा गठित विभिन्न स्वावलम्ब समुहका सदस्यहरुले वडा स्तरमा कार्यक्रम गरेका हुन । आई एन एफ नेपाल बाँकेद्वारा संचालित मानब बेचविखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि समुदायमा हाम्रो प्रयास परियोजना अन्र्तगत उक्त कार्यक्रम गरिएको हो । समुदायमा अझै पनि विद्यामान रहेका विभिन्न हिंसात्मक घटना अन्त्य र मानव बेचविखन तथा ओसार पसारको जोखिमलाई न्युनिकरण गर्ने उद्देश्य कार्यक्रमको थियो । वडा नं. १३ भित्र पर्ने घसियारन टोलबाट सुरु भएको प्रभातफेरी रामलिला मैदान, पिपल चौतारा, उदयपूर हुँदै पूनः घसियारन टोलमा पुगेर अन्त्य गरिएको थियो । आफ्नै सहभागितामा यसरि आफ्नै समुदायमा जनचेतनामुलक कार्यक्रम गर्न पाउदा सहभागीहरुले खुसी ब्यक्त गरेका थिए । यसरि मानब बेचविखन तथा लैङ्गिक हिँसा विरुद्ध सुरु गरिएको कार्यलाई निरन्तरता दिईने कार्यक्रमका आयोजक र सहभागीले जोड दिएका थिए ।