वडा नं. १ को सार्वजनिक सुनवाई

मुख्य खबर समाचार स्थानीय तह

नेपालगन्ज, २८ असार-नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ मा सोमवार सार्वजनिक सुनवाई भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ ले प्रदान गर्ने सेवा र सुविधाका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम गरेको हो । वडा नं. १ ले गरेको कार्य आर्थिक बर्षमा विकास निर्माणका कार्यमा के कति लगानी गरेको विषयमा वडा अध्यक्ष प्रमोद रिजालले जानकारी गराउनुभयो । जनप्रतिनिधि आएपछि वडाले वाटरपार्क निर्माण, व्याडमिन्टन कोर्ट, फुटबल चौर, सडक कालोपत्रे, मठमन्दिर, शिक्षा, स्वास्थ्य, बालवालिका, बृद्धबृद्धाहरुलाई सहयोग लगायतका विभिन्न कार्य गरेको अध्यक्ष रिजालले जानकारी गराउनुभयो । वडाले गरेको कार्यप्रति स्थानियवासी खुसी रहेको उहाँले जानकारी गराउनुभयो । कोरोना महामारीका कारण स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरि कार्य अगाडी बढाएको जानकारी गराउनुभयो । दोश्रो लहरमा कोरोनाका कारण वडाले घरघरमा विशेषज्ञ डाक्टरको टोली सहित कोरोना पोजेटिभलाई उपचार र उनिहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको जानकारी गराउनुभयो । जनप्रतिनिधि आएपछि नेपालगन्ज वडा नं. १ मा विकास निर्माणको कार्यले फड्को मारेको स्थानियले बताउछन् । पछिल्लो समयमा वडाले स्वास्थ्य क्षेत्रमा चासो देखाएको प्रति एकदमै खुसी भएको बताउछन् । टोल टोलमा विजुली बत्ति, बृक्षारोपण, पार्क स्थापना जस्ता थुप्रै विकास निर्माणको कार्य गरेको स्थानियले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *