नेपालगन्ज, ५ बैशाख-ईन्टरनेट सेवा प्रदायक संस्था “वाई-फाई नेपाल” ले नेपालगन्जमा आफ्नो सेवा बिस्तार गरेको छ।
काठमाडौ , पोखरा, ईटहरी, धरान तथा बिराटनगरमा संचालनमा रहेको “वाई-फाई नेपाल” ले अहिले नेपालगन्जमा आफ्नो सेवा बिस्तार गरेको हो।
मंगलवार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै कम्पनीका कार्यकारी अधिकृत सत्रुहन पञ्जियारले नेपालमा थप धेरै सेवाग्राही माझ सस्तो र भरपर्दो ईन्टरनेट सेवा पुरयाउने उद्देश्य अनुसार नेपालगन्जमा पनि सेवा बिस्तार गरिएको बताउनु भयो। उहाँले आउँदा दिनमा थप अन्य सहर र गाउँहरुमा आफ्नो सेवा बिस्तार गर्दै जाने जानकारी दिनुभयो।
घरायसी तथा ब्यापारिक ग्राहकहरुको ईन्टरनेट सम्बन्धी आवश्यक्ताहरु र त्यसले हुने थुप्रै फाईदाहरुलाई ध्यानमा राख्दै वाई-फाई नेपाल” ले आफ्ना अफर तथा ईन्टरनेटका प्याकेजहरु बजारमा ल्याएको बताईएको छ। वाई-फाई नेपाल” नेपालकै सबैभन्दा सस्तो र भरपर्दो ईन्टरनेट सेवा रहेको कम्पनीको दावी रहेको छ। नेपालगन्ज-२, न्युरोडमा कार्यालय स्थापना गरि सेवा संचालन गरेको वाई-फाई नेपाल” ले अहिले मूल्य अभिबृद्धी कर बाहेक ५० एम. बि. पि. एस. स्पीडको ईन्टरनेट ३ सय ३३ रुपैया तथा ८० एम. बि. पि. एस. स्पीडको ईन्टरनेट ५ सय रुपैया प्रती महिना मूल्य कायम गरेको छ।
“वाई-फाई नेपाल” को नेपालगन्जमा सेवा बिस्तार
