नेपालगन्ज, १३ कात्तिक–जनता समाजवादी पार्टीले बाँके निर्वाचन क्षेत्र नं २ मा पर्ने २७ वटै वडाहरूमा आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र पारेको छ । तिहारअघि यी २७ वटै वडामा जसपाले एकैसाथ घरदैलो अभियानको सुरुवात गरेको थियो ।
सबै वडाहरूमा निर्वाचन परिचालन समिति बनाएर घरघर पुगेर मतदातासँग भोटका लागि अपिल गरिरहेको छ ।
क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार तथा जसपाका नेता मोहम्मद इश्तियाक राईले घरदैलो अभियानका क्रममा मतदाताहरूलाई सम्बोधन गर्दै यो चुनावमा अफवाह फैलाउने र विकासको यात्रालाई रोक्नेहरू सक्रिय भएको भन्दै मतदानका क्रममा विवेक पु¥याउन आग्रह गरेका छन् ।
‘काम गरिरहेको मान्छेलाई अहिले भ्रष्टाचार ग¥यो भनेर भनिएको छ । धर्मको नाममा, सम्प्रदायको नाममा विखण्डन ल्याउने काम भइरहेको छ’ राइले भने । सरकारी तलव लिन्न भनेर, आफ्नो होटेलहरू भाडामा चलाउन दिएर सरकारी क्वार्टरमा बस्ने र सबै सेवा सुविधा लिएकाहरूले अहिले विकासका लागि समर्पित मान्छेलाई भ्रष्टाचार ग¥यो भनेर चिच्याउँदै हिँडेका छन्।’
आफू सांसद र मन्त्री रहँदा यो क्षेत्र र यहाँका जनताका लागि आफूले सकेजति काम गरेको भन्दै उनले त्यही प्रमाण लिएर फेरि एकपटक मत माग्न आएको पनि बताए ।
‘काम गरेको छु कि छैन ? त्यो तपाईंहरू सबैका अघि मैले प्रमाण पेश गरिसकेको छु । अझै पनि धेरै कामहरू गर्न बाँकी छन् । नेपालगन्ज र यो क्षेत्रको समग्र विकासका लागि फेरि एकपटक तपाईंहरूले साथ दिन जरुरी छ’ राइले भने ‘हामी त काम गरेर त्यही कामको आधारमा भोट मागिरहेका छौं । अपवाह फैलाउनेहरूसँग तपाईं पनि पदमा रहँदा के के काम गर्नुभयो भनेर सोध्नुस् र भोट हाल्दा एकपटक आफ्नो विवेकलाई सोध्नुहोस् ।
उनले चुनावका बेला सपना र पैसा बाँड्नेहरूको जालझेलमा नलाग्न र आफूहरूमाथि शासन गर्नेभन्दा आफ्ना लागि चौकीदारी गर्ने उम्मेदवारलाई रोज्न पनि मतदातालाई आग्रह गरे।
घर दैलोका क्रममा विभिन्न वडाहरूमा अरु पार्टी परित्याग गरेर २०० जना भन्दा धेरै मानिस जसपामा प्रवेश गरेका थिए। उनीहरूलाई पार्टीमा स्वागत गर्दै उम्मेदवार राईले जसपाले समानुपातिक प्रतिनिधित्वलाई महत्व दिने र सबै जातजाति, धर्म र सम्प्रदायलाई उत्तिकै सम्मान गरेको बताए ।
‘हामीले धर्म अनि जात र सम्प्रदायका कुराहरू गरेर भोट मागिरहेका छैनौं । हामीले यस्ता कुराहरूमा मतदातालाई अलमल्याउने काम पनि गरिरहेका छैनौं’ उनले भने ‘यो त कुनै पनि एजेन्डा नभएका र कुनै पनि मुद्दाहरू नभएकाहरूले भ्रम फैलाउने कुरा हो। हामीसँग विकासका योजनाहरू छन्। हामी विकासका कुरामा बहस गर्छौं। त्यसैका लागि मत मागिरहेका छौं।’
विखण्डनकारीहरुलाई सामुहिक बहिस्कार गरौं ः जसपा नेता राई
