नेपालगन्ज, २० असाेज-बाँकेमा पनि प्रहरी दिवस मनाईएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले ६६ औं प्रहरी दिवस २०७८ औपचारिक कार्यक्रम गरि मनाएको छ । दिवसका अवसरमा बुधवार जिल्ला प्रहरी कार्यालय बाँकेले ‘लागु औषधविरुद्धको निस्तेज महाअभियान’ स्मारिका विमोचन गरेको छ ।
यस्तै कार्यक्रममा उत्कृष्ट काम गरेका बाँकेका २६ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालसहित जुनियर प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरिएको हो ।
बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले पुस्कृत हुनेहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको बताए । यस्तै नेपाल प्रहरीलाई विभिन्न कोणबाट सहयोग पुर्याउने नागरिक समाजलाई पनि पुरस्कृत गरिएको उनले बताए । कार्यक्रममा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अवसरमा पुर्व प्रहरी, अशक्त अवकाश प्राप्त प्रहरी, अमर प्रहरी परिवार तथा संचारकर्मी, नागरिक समाज, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, ससस्त्र प्रहरी बलका स।प्र।उ। अशोक बहादुर बम, नेपाली सेनाका प्रमुख सेनानी जनमत कार्की, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख नरेन्द्र राज गिरी लगायतका अतिथी हरुको उपस्थिति रहेको थियो ।



