विवेकशील-साझा युवा संगठन बाँकेको संयोजकमा श्रीवास्तब

Uncategorized

२०७७/०४/३१ गते एक अनलाइन कन्फ़ेरेन्स गर्दै विवेकशील साझा युवा संगठन लुम्बिनी प्रदेशले आफ्नो मातहतमा रहेका १२ जिल्लाका संयोजक घोषणा गरेको हो। विवेकशील साझा युवा संगठनका केन्द्रिय संयोजक अब्दुस मियाँ,विवेकशील-साझा पार्टीका लुम्बिनी प्रदेश प्रमुख अनुपमान सैंजु, विवेकशील साझा युवा संगठनका प्रदेश संयोजक अनन्त अग्रहरी लगायतको आतिथ्यतामा समपन्न उक्त कार्यक्रममा १२ जिल्लाबाटै झन्डै ५० जनाको उपस्थिती रहेको थियो। “जिल्ला संयोजक छानिदा उनीहरुले पार्टीको संगठन विस्तारमा पुर्याएको टेवा,पार्टी प्रतिको लगाव र उहाहरुले गर्नु भएको सेवा संगै नेतृत्व शैलीलाई मापन गर्दै छनोट गरिएको” भन्दै प्रदेशसंयोजक ले जानकारी गराए।

१२ जिल्लाको प्रमुख घोषणा क्रममा बाँकेले विवेकशील साझा युवा संगठनले बाँकेमा संयोजकको रुपमा अंकित श्रीवास्ताबलाई पाएको छ। स्थापनाकाल देखी लुम्बिनी प्रदेशको प्रदेश सदस्य रहेका श्रीवास्तवले पार्टीको समायोजन पछी भएको युवा संगठनको समायोजन पछी अब उनले बाँके जिललाको नेतृत्व गर्ने भएका छन। “राजनीति मेरो पेसा हैन। देशको हरेक नागरिक,अझ खासगरी हामीजस्ता युवा राजनीतिमा संलगन हुन अपरिहार्य हुन्छ।”भन्दै उनले हरेक तह र तप्का युवालाई राजनीतिमा सामिल हुन आग्रह गरेकाछन्। “संगठनले दिएको नया पद र जिम्मेवारी पुर्ण रुपमा स्वीकार्दै आफुले व्यक्तिगत रुपमा गर्न सक्ने अथक प्रयास गर्दै पार्टीलाई टेवा पुर्याउने” भन्दै नया जिम्मेवारी पाएको खुसी व्यक्त गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *