विश्वकप लिग टू अन्तर्गत नेपालले आज ओमानसँग भिड्दै

खेलकुद मुख्य खबर समाचार

नेपालगन्ज, ३ असाेज-आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको ओमानमा भइहरेको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि तीन खेल खेलिसकेको नेपालले एक खेल जित्दा २ खेलमा हार बेहोरेको थियो ।

पहिलो खेलमै अमेरिकालाई पराजित गरेको नेपाल त्यसपछि ओमानसँग र अमेरिकासँग पराजित भयो । २०२० फेब्रुअरीमा नेपानलमै भएको लिग टू को सिरिजमा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो ।

लिग टू को अंकतालिकामा शीर्ष स्थानम रहेको ओमानविरुद्ध पहिलो जित हात पार्ने लक्ष्यमा नेपाल रहेको छ ।

यस्तै नेपाली टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर पनि यस खेलपछि नेपालबाट बिदा हुँदैछन् । उनले सिरिजअघि नै नेपाल क्रिकेट संघ क्यानलाई राजीनामा पठाउँदै ओमानको सिरिज नै आफ्नो लागि अन्तिम हुने बताइ सकेका छ ।

ज्ञानेन्द्रले अन्तिम खेल जित्नकै लागि खेल्ने बताए । ‘लास्ट गेम जसरी पनि जित्नुपर्छ । हाम्रो कोचको पनि लास्ट गेम हो । राम्रो खेलेर राम्रो फेअरवेल दिने चाहना छ ।‘

नेपाल र ओमान बीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

मंगलबार भएको यसअघिको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको थियो । ओमानले भने सिरिजमा यसअघिका दुवै खेल जितेको छ ।

लिग टू मा ओमान १२ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । १५ खेल खेलिसकेको अमेरीका १४ अंकसहित दोस्रो स्थानमा छ । ७ खेल खेलेको नेपाल तीन खेल जित्दै ६ अंक जोडेको छैटौं स्थानमा छ । लिग टू मा ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् जसमा पपुवा न्यु गिनी ८ खेलमै पराजित हुँदै अंकविहीन छ ।

लिग टू मा ७ वटै टिमले ९ सिरिजसहित ३६ खेल खेल्नेछ । नेपालले ओमान टुरपछि अझै लिग टू मा ७ सिरिज खेल्न बाँकी छ ।

सन् २०२३ को ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग टू बाट शीर्ष तीन टोली २०२० जुलाईमा जिम्बाव्वेमा हुने ग्लोबल क्वालिफायरमा पुग्नेछ । बाँकी चार राष्ट्रले पनि ग्लोबल क्वालिफायर पुग्नका लागि प्लेअफ खेल्ने मौका पाउनेछ । ६ टिमले प्रतिस्पर्धा गर्नेछन् र त्यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछ।

ग्लोबल क्वालिफायरमा सुपर लिगका पुछारका पाँच टिम, लिग टू बाट शीर्ष तीन टिम र प्लेअफबाट दुई गरी जम्मा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट उत्कृष्ट दुई टोलीले २०२३ मा ओडीआई विश्वकप खेल्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *