शरणार्थी प्रकरणमा निर्दोष फस्ने र दोषी उम्कने काम नहोस् – उपप्रधानमन्त्री श्रेष्ठ

मुख्य खबर समाचार


नेपालगन्ज, २ जेष्ठ–उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार कसैको पक्ष विपक्षमा नरहने बताउनुभएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको मंगलवार बसेको बैठकमा बोल्दै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कसैको दबाब वा प्रभावमा परेर पछि नहट्ने समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कोही निर्दोष फस्ने र दोषी उम्कने काम नहोस् भनेर भनेका छौँ, प्रहरी त्यसैअनुसार अघि बढेको छ ।’
भ्रष्टाचारका अन्य प्रकरणहरुको पनि अनुसन्धान हुने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र पुष्टि भएपछि कानूनी दायरामा ल्याउने सरकारको काम भएकोसमेत जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *