शसस्त्र प्रहरीद्धारा अवैध रुपमा ल्याउन लैजान लागिएको १ लाख ५८ हजारको सामान बरामद

मुख्य खबर समाचार

नेपालगन्ज, १ असोज-शसस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको र भारत निकासी गर्दै गरेको १ लाख ५८ हजार भन्दा बढीको विभिन्न सामान शुक्रवार दिउँसो नियन्त्रणमा लिएको छ ।
सहायक प्रहरी नायब निरिक्षक योगेन्द्र बहादुर शाहीको कमाण्डमा रहेको प्रहरीको टोलीले भारतबाट राजस्व छलेर नेपालतर्फ ल्याउँदै गरेको १ लाख ४६ हजार भन्दा बढीको किराना मोटरपार्टस र हार्ड वेयरका सामान जयसपुर नजिकबाट नियन्त्रणमा लिएको जनाईएको छ ।
यसैगरि शुक्रवारनै टंकपसरी नजिकबाट २० किलो सुपारीलाई भारततर्फ अवैध रुपमा निकासी गर्न थालेको बेला नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । सुपारी नियन्त्रणमा लिने कार्य सहायक प्रहरी नायब निरिक्षक अर्जुन कुमार कार्कीको कमाण्डमा रहेको प्रहरीको टोलीले गरेको थियो ।
ती सबै सामानलाई बेवारिसे अवस्थामा बरामद गरिएको र शुक्रवारनै भन्सार कार्यालयमा बुझाईएको शसस्त्र प्रहरी ३० नम्बर बागेश्वरी गणले जनाएको छ ।
गत केही दिनयता शसस्त्र प्रहरीले दैनिकजसो भारतबाट नेपालतर्फ आउने गरेको र नेपालबाट भारततर्फ अवैध रुपमा जाने गरेको सामानहरु नियन्त्रणमा लिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *