शिक्षण अस्पताल नेपालगंज र प्रहरी अस्पताल बीच सम्झौता

मुख्य खबर समाचार स्वास्थ्य


नेपालगन्ज, असार १७-लर्डबुद्ध एजुकेशनल एकेडेमी शिक्षण अस्पताल नेपालगन्ज र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्ज बीच सम्झौता भएको छ ।
प्रहरी संगठनका बहालवाला,पुर्ब प्रहरी र तीनका आश्रित परिवारलाई मेडिकल कलेजबाट प्रदान गरिने उपचार सेवामा छुट सुबिधा दिने बिषयमा प्रहरी अस्पताल र मेडिकल कलेज बीच शुक्रबार सम्झौता भएको हो।
सम्झौताअनुसार प्रहरी अस्पतालबाट नेपालगन्ज मेडिकल कलेजमा रिफर भएर आएका वहालवाला र पुर्ब प्रहरीलाई साधारण बेड चार्ज, साधारण प्याथालोजी र रेडियोलोजी जाँचहरुमा लाग्ने दस्तुरहरुमा २५ प्रतिशतसम्म र आईसियु तथा एसी वार्डमा लाग्ने चार्ज एँवम अप्रेशन, एम आर आई,सिटी ल्याबको स्पेशल टेस्टहरुमा १५/१५ प्रतिशत छुट दिने सम्झौता भएको प्रहरी अस्पतालका प्रहरी नायब उपरीक्षक डा.आनन्द झाले जानकारी दिनुभयो ।
त्यस्तै आश्रित परिवारका सदस्य विरामी भएर प्रहरी अस्पतालबाट रिफर भए उपचारमा १० प्रतिशत छुट दिने सम्झौता भएको अस्पतालका सहायक निर्देशक डा.रोमन किदवाईले जानकारी दिनुभयो । रेफर भई आएका प्रहरी कर्मचारीले आफ्नो संस्थाको परिचय खुल्ने र आफ्नो परिचय-पत्र तथा नाता प्रमाणित रेफर कार्ड अनिबार्य ल्याउनु पर्ने बताईएको छ।
२०७९ श्रावण १ गतेदेखी लागू हुने सम्झौताको अवधी २०८० असार मसान्तसम्म गरि १ बर्षका लागि रहने छ भने आपसी सहमतिमा पुन: नबिकरण गर्न सकिने सम्झौता-पत्रमा उल्लेख छ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालको तर्फबाट प्रहरी उपरीक्षक डा. दीपा न्हुच्छे प्रधान र कलेजबाट लर्डबुद्ध एजुकेशनल एकेडेमी शिक्षण अस्पताल नेपालगन्जका प्रमुख कार्यकारी अधिकृत डा. सुनिलकुमार सिंहले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *