संसद विघटनको विरोधमा नेपालगन्जमा राँके जुलुस (फोटो)

नेपालगन्ज विशेष

काठमाडौं – संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अनेरास्ववियूका विद्यार्थी नेता, कार्यकर्ताहरुले बाँकेको नेपालगन्ज सहित काठमाडौंमा लगायत अन्य जिल्लाहरुमा पनि राँके जुलुसमा निकालेका छन् ।

बाँकेको नेपालगन्ज पुष्पलाल चोकमा संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अनेरास्ववियूका विद्यार्थी नेता, कार्यकर्ताहरुले राँके जुलुस निकालिएको थियोे ।

त्यस्तै बिहीबार साँझे बानेश्वरबाट विजुली बजार हुँदै माइतीघरसम्म निकालिएको जुलुसलाई प्रहरीले तितरवितर पार्न खोजेपछि ढुंगा हानाहानसमेत भएको थियो ।

प्रहरीले जुलुसलाई तितरवितर पार्न खोजेपछि प्रदर्शनकारीले ढुंगा हानेका थिए । झडपको सुरुवात भने प्रहरीले राँको खोस्न थालेपछि भएको जुलुसमा सहभागी एक नेताले बताए । त्यसक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले रातको समस्या राँके जुलुस निकाल्दा अन्यत्र सल्किएर आगलागी हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको बताए ।

एसएसपी सिंहले भने, ‘जुलुस निकाल्न नदिने भन्ने नीति त होइन तर, रातको समयमा अन्य क्षति नहोस् भनेर नियन्त्रणमा लिने प्रयास गरिएको हो ।’

दुई पक्षबीच भएको झडपका क्रममा भुपेन्द्र शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एसएसपी सिंहले भने कसैलाई पक्राउ नगरिएको बताए । उनले भने, ‘राँको खोस्दा घम्साघम्सीपछि समातिएको भए केही बेरपछि छुट्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *