सत्य तथ्य आधारमा समाचार सम्प्रेसण गर्न राईको आग्रह

मुख्य खबर समाचार

नेपालगन्ज २३ कार्तिक-आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तातिएसंगै राजनीतिक दलहरूलाई जनता फकाउन निकै सकस छ । बाँके क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीका (जसपा) तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार मोहम्मद इस्तियाक राईले आफ्नो क्षेत्रमा बिकासका १० ऐजेण्डामा अर्जुन दृष्टि रहेको बताउनुभएको छ । बुधवार उहाँले पत्रकार सम्मेलन मार्फत निर्वाचन केन्द्रित घोषणा पत्र सार्बजनिक गर्दै आफ्नो क्षेत्रमा बिकासका १० ऐजेण्डामा अर्जुन दृष्टि रहेको बताउनुभएको हो ।
बाँके क्षेत्र नं. २ मा स्वास्थ्य, कृषि, शिक्षा, खेलकुद, बिकास र रोजगारी, सामाजिक सुरक्षा, बातावरण, पुर्वाधार बिकास समृद्धिको आधार, समुन्नत सहर लगायत बिकास १० ऐजेण्डामा अर्जुन दृष्टि रहेको बताउदै यि एजेण्डा पुरा गर्न आफु लागि पर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ “ मैले जनतालाई झुक्याएर झुठा बाचा गरेर होइन बिकास गरेर मत मागि रहेको छु । धर्म र जातजाति अनि सम्रदायको नाममा समाजमा विभाजन ल्याउन खोज्नेहरू धर्मको राजनीति गरिरहेका छन । तर हामी कसैलाई सपना र आश्वासन होइन, हामी काम गरेर देखाउँछौं । सपना होइन, विकासको लहर देखाउँछौं उहाँले भन्नुभयो । हामीले पहिलादेखि नै भन्दै आएका छौं कि अब धर्म र सम्प्रदायको नाममा होइन विकासको नाममा राजनीति गरौं’ उनले भने ‘समाजमा विभाजन ल्याउन र विखण्डन होइन, विकासका योजना ल्याउन र जनताका लागि काम गर्न प्रतिस्पर्धा गरौं ।”
आफ्ना प्रतिद्धन्दी उम्मेदवारहरूले ‘भ्रष्टाचार गरेको र झुटा बाचाहरू गरेको’ भनेर प्रचार गरिरहेको बताउँदै उहाँले त्यसका लागि सार्वजनिक बहसको सामना गर्न आफू तयार रहेको पनि बताउनुभयो । “कसले विकास गरेको छ र कसले भ्रष्टाचार गरेको छ भन्ने कुराको प्रमाण मसँग पनि छ । तपाईंहरूसँग मेराविरूद्ध प्रमाण छ भने लिएर आउन चुनौती दिन्छु । प्रमाणित गरिदिनुस् कि मैले काम गरेको छैन भ्रष्टाचार गरेको छु त्यो बेला म राजनीतिबाटै सन्यास लिनेछु उहाँले भन्नुभयो । शिलान्यास मन्त्री भनेर उपनाम दिनेहरुलाई बाँकेको समृद्ध बिकास गरेर बाँकेलाई नमुना बनाएर देखाउने ध्यय रहेको प्रतिनिधीसभा सदस्य उम्मेद्वार राईले बताउनुभयो । बाचामात्र कस्ले गरेको छ र बिकास कस्ले गरेको हो खुल्ला बहस गरेर प्रमाणित गरौ उहाँले चुनौती दिनुभयो । निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधिएको कुरा हल्ला मात्र रहेको उहाँले बताउनुभयो । “मलाई निर्वाचन आयोगले कुनै स्पष्टीकरण सोधेको छैन तेसैले राज्यको चौथो अंग भनिएको संचारकर्मीहरुले सत्य तथ्य आधारमा समाचार सम्प्रेसण गर्न आग्रह गर्दछु उहाँले भन्नुभयो । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *