सम्पादक खनाललाई नाट्टाको सम्मान

समाचार

नेपालगन्ज, चैत १९-नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले मेरो खुसी डट कमका सम्पादक तथा अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनाललाई सम्मान गरेको छ ।
नाट्टा बाँकेको शनिबार नेपालगन्जमा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा लामो समयदेखि पर्यटन प्रबद्र्धनका समाचार लेखेको भन्दै खनाललाई सम्मान गरिएको हो । नेपालगन्ज उप–महानगरपालिका प्रमुख डा.धवलशम्शेर राणा, नाट्टाका निवर्तमान केन्द्रीय अध्यक्ष अच्युत गुरागाईं र नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका थिए ।
सोही अवसरमा नेपालगन्ज उप–महानगरपालिका प्रमुख डा.धवलशम्शेर राणा, नेपाल पर्यटन वोर्डका सीइयो डा.धनञ्जय रेग्मी, नाट्टाका निर्वतमान अध्यक्ष अच्युत गुरागाई, पत्रकार झलक गैरे, पर्यटन प्रबद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, मेरो प्लानेट फनपार्कका महाप्रबन्धक डा.ओमकार मिश्र र उत्कृष्ट ट्राभलका रुपमा कृष्णसार ट्राभल्सका कृष्ण केसीलाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *