सांग्रिलाद्धारा भुरिगाउँमा निशुल्क स्वास्थ्य शिविर

समाचार स्वास्थ्य

नेपालगन्जः सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । बैंकको स्थापना दिवसमा १७ वर्ष पूरा गरी १८ वर्ष प्रवेश गरेको अवसरमा शनिवार बर्दियाको भुरिगाउँमा निःशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्त्री रोग विशेषज्ञ डा शाफिया समिम शेष, डा स्वयता साह, जनरल फिजिसियन डा शंकर केसी, मेडिकल अधिकृत संकल्प सिग्देललगायतको टिम शिविरमा खटिएको सांग्रीला डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख जयन्द्र खड्काले जानकारी दिनुभयो ।
वार्षिकउत्सवका अवसरमा साता व्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै उहाँले ८ गते राजापुरमा पनि स्वास्थ्य शिविरको आयोजना गरिएको जानकारी गराउनुभयो । यस्तै १० गते नेपालगन्जमा वृह्त रक्तदान कार्यक्रमको आयोजना गरिएको खड्काले बताउनुभयो ।
बार्षिक उत्सवको अवसरमा ९ गते बाँके र बर्दियाका ६ विद्यालयका विद्यार्थीलाई वित्तिय साक्षरता सम्वन्धि कार्यक्रमको आयोजना गरिएको छ । यसै बिचमा बर्दिया, सुर्खेतमा बैंकका शाखा कार्यालयहरु उद्घाटनदेखि दाङको नारायणपुरमा निःशुल्क आँखा जाँच शिविरको समेत आयोजना गरिएको उहाँले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *