नेपालगन्ज, ३० असाेज-साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि नेपाल भारतसँग ३-० गोलले पराजित भएको छ । भारतले ३–० ले फाइनल जित्दै आठौँ पटक उपाधि जितेको छ ।
तिनै गोल खेलको दोस्रो हाफमा भएका हुन् ।पानी परेर खेल्न असहज भएको खेलको पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।
भारतका लागि खेलको ४९औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले पहिलो गोल गरे । त्यस्तै ५०औं मिनेटमा सुरेश सिंहले गरे भने तेस्रो गोल खेलको ९१औँ मिनेटमा साहल अब्दुल समदले गरे ।
साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि नेपाल भारतसँग ३-० गोलले पराजित भएको छ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न फाइनल खेलको दोस्रो हाफको सुरुमै एक मिनेटको फरकमा दुई गोल गरेको भारतले अन्तिमतिर थप एक गोल गरेर जम्मा तीन गोल गरेको हो । नेपालका तर्फबाट गोल गर्ने धेरै पटकको अवसर नेपाली खेलाडीले गुमाउन पुगेका थिए ।

२८ वर्षको साफ च्याम्पियनसिप इतिहासमा पहिलोपटक फाइनल पुगेको हो । भारतले भने यसअघि ७औं पटक उपाधि उचालिसकेको थियो ।