सामाजिक संजाल तथा इन्टरनेटको सही सदुपयोगका लागी तालिम

बिज्ञान तथा प्रविधि

कोहलपुर : सामाजिक संजाल तथा इन्टरनेटको सही सदुपयोग गर्नु पर्ने कोहलपुर नगरपालिकाका किशोरीले बताएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा कोहलपुर नगरपालिकाको समन्वय र स्याक नेपालको आयोजनामा किशोरी क्लबका पदाधिकारीका लागि २ दिने साईबर कानुन तथा सामाजिक संजाल मार्फत लेख प्रकाशन प्राविधिक तालिमको क्रममा सो कुरा बताएका हुन् ।उक्त तालिममा कोहलपुर नगरपालिकाका किशोरीहरुको सहभागिता रहेको थियो ।

उक्त  प्राविधिक तालिमका प्रशिक्षक तिलक गाहा मगरले कम्प्युटरका आधारभुत जानकारी साथै सामाजिक संजालबाट कसरी सुरक्षित रहने र साईबर कानुन, साईबर अपराधको बारे पनि प्रशिक्षण दिएका थिए । सामाजिक संजालको फाइदा र बेफाईदा बारे पनि जानकारी दिएका थिए ।

त्यसै गरि स्याक नेपालका लसिना वलीले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिए । कोभिडबाट सुरक्षित हुनको लागि कार्यक्रममा मास्क र सेनिटाईजरको प्रयोग अनिवार्य गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *