नेपालगन्ज-स्थानिय पालिकाहरुको सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक स्तरको सहभागिता अनिबार्य हुनुपर्नेमा जोड दिईएको छ।
शुक्रबार नेपालगन्जमा आयोजित सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागिता सम्बन्धि संचारकर्मीलाई गरिएको अभिमुखीकरण कार्यक्रममा सो कुरामा जोड दिईएको हो । युरोपियन युनियन, युनिसेफ, युएन वुमेनको सहयोग एवम् मित्र समाज र डेक्को नेपालको संयुक्त संयोजकत्वमा नेपालगन्जमा सञ्चालित उक्त कार्यक्रमको प्रभावकारी कार्यान्वयनबारे अभिमुखीकरण गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा मित्र समाजका टिम लिडर विनय दिल लामाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो। बजेट योजना, कार्यान्वयन र अनुगमन प्रक्रियामा नागरिकहरुको अर्थपूर्ण सहभागिताले सार्वजनिक सेवाहरुमा पहुँच सुनिश्चित गराउन सकिने बताउँदै टीम लिडर लामाले यसले सामाजिक ऐक्यवद्धता र सुशासन प्रबद्र्धन गर्ने बताउनुभयो ।
यो कार्यक्रमका नेपालगन्ज उपमहानगरपालिका अन्तरगतका ११ वटा वडामा संचालन गरिएको छ । नेपालगन्जको वडा नम्बर २, ६, ८, ९, ११, १४, १५, १६, २०, २१ र २२ मा यो कार्यक्रम संचालन भैरहेको अनुप बर्मा जानकारी दिनुभयो । यस कार्यक्रममार्फत अपांगता भएका, सीमान्तकृत, महिला, बालिबालिका, जेष्ठ नागरिक, विपन्न बर्गलाई विशेष अभिमुखीकरण गरेर अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनेछ । कार्यक्रम अन्तर्गत वडा स्तरीय वाच ग्रुप अभिमुखीकरण, निर्माण र संस्थागत गर्ने, वडा स्तरीय महिला समूह छलफल, विपन्न बर्गहरुको छलफल, जेष्ठ नागरिक छलफल, सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धि शिक्षा कार्यक्रम लगायतका क्रियाकलापहरु सञ्चालन गरिने टिम लिडर लामाले जानकारी दिनुभयो । सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागिता कार्यक्रम यही बर्षदेखि नेपालगन्जसहित देशका पाँच वटा नगरपालिकामा सञ्चालित छ ।
सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक स्तरको सहभागिता
