साहु समाज बांकेद्वारा होली मिलन कार्यक्रमको आयोजना

समाचार

नेपालगन्ज-जिल्ला साहु समाज बाँके तथा साहु समाज युवा समितिको संयुक्त आयोजनामा नेपालगंजमा होली मिलन कार्यक्रम गरिएको छ।
शनिबार नेपालगंज फुल्टेक्रास्थित राधाकृष्ण मन्दिरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो। समाजका जिल्ला अध्यक्ष हंशराम साहुको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष कैफुलबरा रहनु भएको थियो। सो अवसरमा बोल्ने वक्ताहरुले होली पर्व सहिष्णुता र सदभाबको पर्व भएको जिकीर गर्दै यसले समाजलाई एक आपसमा जोड्ने बताएका थिए । प्रमुख अतिथी कैफुलबराले होली पर्ब रिसराग, द्वेष, झुठ, अहंकारबाट टाढा हुँदै एक अर्कामा आत्मियता र प्रेम बढाउने पर्बको रुपमा मनाउँदै आएको बिचार राखेका थिए । त्यस्तै लुम्बिनी प्रदेश औषधी ब्यवसायी संघका बरिष्ठ उपाध्यक्ष अभयकुमार बस्नेतले होली पर्व असत्य माथी सत्यको बिजय भएको उल्लेख गर्दै यसलाई बिकृतीबाट मुक्त राखेर मनाउनु पर्ने धारणा राखे । साहु समाजका सचिव प्रदीप साहले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य बृजलाल साहुले गरेका थिए । कार्यक्रममा सहभागीहरुले एक आपसमा अबिर लगाएर शुभकामना आदानप्रदान समेत गरेका थिए।
होली मिलन बिषेश सम्मान सहितको कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष नरेन्द्र थापा, पुर्ब उपाध्यक्ष कुन्तलराज शर्मा, कोषाध्यक्ष मधु पौडेल, संचारकर्मी पवन जयसवाल, साहु समाजका उपाध्यक्ष बिमल साहु, साहु समाज युवा संघका अध्यक्ष राम किसन साहु, सह-सचिव प्रहलाद साहु, साहु समाजमा आबद्ध सममुखिया साहु, मनोज साहु, पिन्टु साहु, समाजसेवी कान्ति शर्मा, प्रेमा शाही लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *