साहू समाजद्वारा शनिवार रक्तदान कार्यक्रमको आयोजना

मुख्य खबर समाचार स्वास्थ्य

बाँके, २७ जेठ-साहू समाज जिल्ला कार्य समिति नेपालगन्ज बाँकेले जेष्ठ २९ गते शनिवार रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
साहू समाज जिल्ला कार्य समिति र साहू समाज युवा जिल्ला समितिको बैठकमा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । अध्यक्ष हंस राम साहूको अध्यक्षतामा भएको बैठकमा कोरोना महामारीको बेलामा आवश्यक रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष शाहुले जानकारी दिए ।
अहिलेको समयमा आम नागरिकलाई समेत रगतको आवश्यकता पूरा गर्न सके जति सहयोग गर्दै जाने कार्यमा साहु समाज सधै तयार हुने रक्तदान कार्यक्रमका संयोजक प्रदिप शाहले जानकारी दिए । साहू समाजका युवाहरु अग्रसर हुँदै जाने र युवा जागरुक भए मात्र देश आगाडि बढने उनले बताए ।
देश र समाजका लागि युवाहरूको मुख्य भुमिका हुनेमा जवोड दिदै रक्तदान जीवनदान भएको बताए । युवाहरु आफू र आफ्नो इस्टमित्र हरुलाई आयोजना गर्न लागेको रक्तदान कार्यक्रम सहभागीता लागि आयोजकले आग्रह गरेको छ ।
आयोजकले रगत दान गर्नेलाई खाना, फलफुल, गुल्कोजा, फ्रूटी, टिसर्ट, गम्छा सहित सम्मान पत्र प्रदान गरिने संयोजक शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *