साहू समाज बाँकेले श्रीकृष्ण जन्माष्टमीमा जागरण र भण्डारा गर्ने

मुख्य खबर समाचार

नेपालगन्ज, १० भदाै-कृष्ण जन्माष्टमीको अवसरमा साहू समाज, बाँकेले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ। जन्माष्टमीको अवसरमा आगामी सोमबारदेखी समाजले रात्री जागरण र विशाल भण्डारा गर्ने भएको हो। समाजद्वारा नेपालगंज वडा नम्बर ५ फुलटेक्रामा निर्माण गरिएको राधाकृष्ण मन्दिर परिसरमा जागरण र भण्डाराका सम्पुर्ण कार्यक्रम गरिने साहू समाज बाँकेका सहसचिव प्रदिप साहूले जानकारी दिनुभयो। जागरणमा भजन किर्तनका लागि भारतको अयोध्याबाट बालाजी जागरण ग्रुप आउने आयोजकले जनाएको छ । सहसचिव साहूका अनुसार भदौं १४ गते सोमबार बेलुका ८ बजेदेखी जागरण शुरु हुने र भदौं १९ गते शनिबार भण्डारा खुवाईने छ । उहाँले सो कार्यक्रममा सहभागी हुन सबैलाई आग्रहसमेत गर्नुभयो। साहू समाज बाँकेले श्रीकृष्ण जन्माष्ट्मीको दिन हरेक बर्ष बिबिध धार्मिक तथा सामाजिक कार्यहरु गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *