सुटिङमा लुम्बिनी प्रदेशलाई स्वर्ण पदक

खेलकुद मुख्य खबर समाचार

नेपालगञ्ज, १ कार्तिक–पोखरामा भैरहेको नवौं राष्ट्रिय खेलकुदमा नेपालगन्जका खेलाडीले लुम्बिनी प्रदेशलाई स्वर्ण पदक दिलाएका छन् । मंगलबार भएको मिक्स टिम पेस्तोलमा लुम्बिनीको टिमबाट बदरुद्धिन अन्सारी र कृष्णा थापाले स्वर्ण पदक जितेका हुन् । पदक जित्ने नेपालगन्जका दुबै खेलाडी अन्तराष्ट्रिय स्तरका हुन् ।

यसैगरी पेस्तोल टिम इभेन्ट्स तर्फ गण्डकी दोश्रो र बागमती तेश्रो बने । मिक्स टिम राइफलमा आर्मी पहिलो, बागमती दोश्रो र प्रहरी तेश्रो स्थानमा भएको थियो ।

राष्ट्रिय सुटिङ प्रतियोगिताअन्तर्गत पुरुष टिम एयर पेस्तोलमा आर्मी पहिलो, बागमती दोश्रो र प्रहरी तेश्रो भएका छन् । सो स्पर्धाको महिलामा आर्मीले स्वर्ण, गण्डकीले रजत र बागमतीले कांस्य जिते । उक्त स्पर्धाको महिला तर्फ आर्मी, प्रहरी र बागमतीले क्रमशः शीर्ष तीन स्थान हात पारे । व्यक्तिगत स्पर्धाको फाइनल बुधबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *