सुनो सजनी मोरको म्युजिक भिडियोको छायाङकन सम्पन्न

मनोरञ्जन समाचार

नेपालगन्ज, ३० असार-चर्चित मोडल तथा डान्सर सन्दिप बिसी र चर्चित मोडेल समु चौधरीको सुनो सजनी मोर हुइगिल लक तुहिनसे प्यार भन्ने बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । गायक कुमार प्रितम र गायीका सुमन गुप्ताको स्वरमा रहेको सुनो सजनी मोर हुइगिल लक तुहिनसे प्यार भन्ने बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको हो । ४ भाषामा रहेको सो म्युजिक भिडियो गितमा हिन्दी, भोजपुरी, थारु र राना थारु भाषामा रहेको छ । गितमा डाक्टर सुनिल सागरले कोरियोग्राफरमा साथ दिनुभएको छ भने दिलु राना मगरको सङ्गीतमा रहेको छ । शब्द सङ्गीत सुनिल सागरको रहेको छ भने कर्णाली डिजिटल स्टुडियो अतरिया कैलालीमा गित रेकडिङग भएको हो । सुनो सजनी मोर हुइगिल लक तुहिनसे प्यार भन्ने गितको म्युजिक भिडियोको छायाङकन कैलालीको रमणिय स्थलमा भएको कलाकार सुटिङ युनिटले जनाएको छ । केही दिनमा भिडियो सार्वजनिक गरिने सुटिङ युनिटको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *