नेपालगन्ज, १ साउन-पछिल्लो समय पश्चिम नेपालको प्रमुख शहर नेपालगन्जमा क्याफे, रेस्टुरेन्टहरु खोल्ने क्रम बढ्दै गएको छ। यसै क्रममा सोमबार नेपालगन्ज-१० आदर्शनगरस्थित सुर्खेतरोडको होटल स्नेहा र मल्टिप्लेक्स सिनेमा सिने रोयलको ठीक सामुन्ने ख्वाजा फुड सेन्टर ( केएफसी ) नामको रेस्टुरेन्ट संचालनमा आएको छ। फुड सेन्टरको सोमबार पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका कार्यकारीणी सदस्य मोहम्मद ईश्तियाक राई र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले संयुक्त रुपमा उदघाटन गर्नुभयो । स्वादका पारखीहरुको चाहनालाई मध्यनजर गर्दै संचालनमा ल्याईएको रेस्टुरेन्टमा विशेष स्वाद पस्किने भएकोले नेपालगन्जका स्वादका पारखीहरुको पनि त्यहाँ राम्रो उपस्थिति हुने विश्वास गरिएको छ ।
रेष्टुरेन्ट उदघाटन गर्दै पुर्वमन्त्री राईले निजि लगानीमा पर्यटक भित्रिने नाका नेपालगन्जका विभिन्न ठाउँहरु संचालनमा आएका यस्ता क्याफे तथा रेस्टुरेन्टहरुले यहाको बिकासमा थप टेवा पुरयाउने बिश्वास व्यक्त गर्नुभयो ।
रेष्टुरेन्टका सञ्चालक नियाज अहमद शाहले नेपालगन्जमै लखनउको स्वाद पस्कने उदेश्यले करिब १० लाखको लगानीमा रेष्टुरेन्ट सञ्चालन गरिएको जनाउँदै यहाँ बिरयानी, खिर, कोरमा, बटर नान, चिकेन मलाई टिक्का, चिकेन हरियाली टिक्का र मटन सेकुवा विशेष रुपमा पाइने बताउनुभयो । उहाँले एक पटक रेष्टुरेन्टको स्वाद लिन सबैलाई आग्रह गर्दै स्वाद र गुणस्तरमा कुनैपनि सम्झौता नगरिने प्रतिवद्धता जनाउनुभयो ।
स्वादका पारखीहरुका लागि नेपालगन्जमा नयाँ रेस्टुरेन्ट संचालनमा
