स्वास्थ्यकर्मी संगठनले संयुक्तरुपमा कोहलपुरका प्रमुख पूणर् आचार्यलाई ध्यानाकर्षण पत्र

समाचार

कोहलपुर नगरपालिकाले साउन ११ गते दरबन्दी भन्दा बढी भएका स्वास्थ्य सेवाका कर्मचारी फिर्ता पठाउने प्रति बाँकेका स्वास्थ्यकर्मीले गम्भिर ध्यानाकर्षण जनाएका छन् । आइतबार बाँकेका स्वास्थ्यकर्मी तथा स्वास्थ्यकर्मी संगठनले संयुक्तरुपमा कोहलपुरका प्रमुख पूणर् आचार्यलाई ध्यानाकर्षण गराएका हुन् ।

नेपाल स्वास्थ्य प्रविधिक संघ बाँकेका अध्यक्ष खड्ग रोका, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाँकेका अध्यक्ष राजनकुमार शाही, नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका उपाधयक्ष विरजंग शाह, राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन बाँकेका अध्यक्ष प्रकाश जंग हमाल, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ बाँकेका अध्यक्ष कविराम बुढाथोकीलगायतले नगर प्रमुख आचार्यलाई सयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्रमा कककोभिड १९ लगायत अत्यावश्यक स्वास्थ्य प्रवाहमा अहोरात्र खटिई नियमित कामकाज गरिरहेका स्थायी स्वास्थ्यकर्मीलाई तलब भत्ता खुवाउन नसकिने भनी दरबन्दी भन्दा बढी कर्मचारीहरुलाई मन्त्रालय फिर्ता पठाउने भन्ने निणर्य गरिनु असान्र्दभिक भएको’ उल्लेख गरिएको छ ।

पत्रमा तुरुन्त स्थायी स्वास्थ्य संस्था स्थापनाका लागि संस्थाहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी दरबन्दी पुनः संरचना गर्न र अपुग तलब माग गरी कर्मचारीलाई व्यवस्थापन गर्न साथै दरबन्दी भन्दा बढी भएका स्थायी स्वास्थ्यकर्मीलाई निरन्तररुपमा कमकाजमा खटाउन अनुरोध गरिएको छ । अन्यथा चरणबद्ध रुपले विरोधका कार्यक्रम अगाडि बढाइने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *