नेपालगन्ज ः शनिवारदेखि नेपालगन्जमा पहिलो पटक ‘आर्टिस्टि क्वई द मेकअप स्टुडियो एण्ड एकेडेमी’ सञ्चालनमा आएको छ । मेकपलाई विशेष प्राथमिकता दिएर ब्यूटिसियन तालिम दिने उद्देश्यले नेपालगन्ज उपमहागरपालिका वडा नम्बर–२ न्यूरोडामा मेकअप स्टुडियो एण्ड एकेडेमी सञ्चालनमा आएको हो । नेपालगन्ज उपमहानगरपालिकाका उपसचिव शोभा शाहले रिबन काटेर उक्त मेकअप स्टुडियोको उद्घाटन गर्नुभयो । युवा पीढिले आफै अग्रसर भएर उद्यमशिलताको बाटो रोज्नु सकारात्मक भएको शाहले बताउनुभयो । उद्यमशिलताले नै मानिसलाई सफलता प्राप्त हुन्छ उहाँले भन्नुभयो –‘युवाहरुले आफ्नो क्षमता, दक्षता र सिपलाई प्रयोग गरेर उद्यमशिलताको पेशा अपनाउन सके बेरोजगारको समस्या केही हदसम्म कम गर्न सकिन्छ ।’ २५ वर्षिया अरुणा चौधरीले मेकअप आर्टिस्टमा मास्टर्स गरेर करिब २५ लाख लगानीमा मेकअप स्टुडियो एण्ड एकेडेमी सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले ब्युटिसियन र मेकअप आर्टिस्टमा धेरै फरक रहेको बताउनुभयो । ‘एउटा ब्यूटिसियन मेकअप आर्टिस्ट होईन भने मेकअप आर्टिस्ट ब्यूटिसियन होईन उहाँले भन्नुभयो ।’ अहिलेसम्म सबैको बुझाई ब्यूटिसियनलाई मेकअप आर्ट पनि हो भन्ने छ तर, जब म यो फरक हो र यसमा आफ्नो करियर स्थापित गर्न सकिन्छ भन्ने बुझेर यहि विषयमा मास्टर्स गरेको उहाँले भन्नुभयो ।’ सम्भव त यो मेकअप स्टुडियो लुम्बिनी प्रदेशमै पहिलो भएको उहाँले दावी गर्नुभयो । मेकअप स्टुडियो एण्ड एकेडेमीमा ४ वर्षे कोर्स बारे तालिम सञ्चालन गरिनुका साथै ब्यूटिसियन सम्बन्धि सबै सेवा उपलब्ध रहेको सञ्चालक अरुणाले जानकारी दिनुभयो । तालिमका लागि नेपालगन्जका धेरै टिन एजका यूवतीहरु र ब्यूटिसियनहरु सम्पर्कमा आएकाले अब आगामी भदौ ६ गतेबाट तालिम सञ्चालनको तयारी रहेको उहाँले बताउनुभयो । बेसिक लेभलबाट सुरु गरिने तालिम मास्र्टसम्मको कोर्स सिकाईने उहाँको भनाई छ । तालिममा आउने सबैलाई मेकअपका सामाग्री एकेडेमीले नै उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । अरुणाले काठमाण्डौमा डिप्लोमा गरेर नेपालगन्जमा स्टुडियो संचालनमा ल्याएको जानकारी गराउनुभयो ।
२५ लाखको लागतमा नेपालगन्जमा मेकअप स्टुडियो
