२ जना फरार प्रतिवादी पक्राउ

Uncategorized समाचार

बाँके – बाँके प्रहरीले २ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । लेनदेन मुद्दामा फरार बाँके खजुरा–५ का ५० बर्षिय तुल्सिराम खटिक र बाल यौन दुरुपयोग मुद्दाको फरार प्रतिवादी प्रकाश खत्रीलाई बाँके प्रहरीले पक्राउ गरि जिल्ला अदालत बाँकेमा बुझाएको छ ।

गत भदौ १० गते जिल्ला अदालतबाट लेनदेन मुद्दामा ६ महिना कैद सजाय तोकिएका खटिकलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले विहिबार पक्राउ गरेको हो ।

यस्तै २०७५ साल फागुन २ गते जिल्ला अदालतको फैसला बाट ९ महिना १४ दिन कैद सजाय तोकिएका कोहलपुर–११ का प्रकाश खत्रीलाई बुधबार पक्रउ गरि दुवैलाई जिल्ला अदालत बाँकेमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *