५८ औं राष्ट्रिय बाल दिवस नेपालगन्जमा मनाइयो

समाचार

नेपालगन्ज–५८ औं राष्ट्रिय बालअधिकार दिवस देशैभर मनाइएको छ । नेपालगन्जमा नगरस्तरीय बाल क्लब संजालले बाल दिवस एक कार्यक्रमको आयोजना गरी मनाएको छ । ‘बालबालिकाको अवस्था, चुनौती र अवसर’ का विषयमा क्लबले सम्ंवाद कार्यक्रमको आयोजना गरेको हो । सम्वादमा बालबालिकाको बाच्न पाउने अधिकार, विकासको अधिकार, संरक्षणको अधिकार र सहभागिताको अधिकारका बारेमा छलफल गरिएको थियो । सम्वाद कार्यक्रममा नेपालगन्ज नगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाह र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरसंग सहभागि बालबालिकाले विषयगत छलफल गरेका थिए । बालबालिकाको हक हित सुनिश्तिको लागि बालबालिका मात्र नभइ अबिभाग र राज्यको महत्व पुर्ण भुमिका रहने सामाजिक बिकास महाशाखा प्रमुख शोभा शाहले बताउनुभयो ।

बाल संरक्षण सम्बन्धि थुप्रै नीति कानुन एन बनेतापनि दिनहु बालबालिका शोषण र दुव्र्यवहारमा पर्ने गरेको उहाँले बताउनुभयो । अबिभावक र राज्यले बालबालिकाको भावना बुझि प्रत्यक्ष निगरानी नराख्ने भएकोले बालबालिका कुलत र अपराधको सिकार हुन पुगेको थुप्रै घटना रहेको उहाँले जानकारी गराउनुभयो । कार्यक्रममा मानवअधिकारकर्मी, बालअधिकारकर्मी तथा सरोकारवाला अन्य निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो । बालक्लबका बालबालिकालाइ प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *