६० लाख बढि लागतमा कौशल सिटी मार्ट संचालनमा

अर्थ / बाणिज्य मुख्य खबर समाचार

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ इदगाहा रोडमा कौशल सिटी मार्ट प्रालि लिमिटेड संचालनमा आएको छ । ग्रहाकहरुलाई मध्यनजर गर्दै एकै छातामुनी सम्पुुर्ण घरायसी सामाग्री विक्रि वितरण गर्ने उद्देश्यले कौशल सिटी मार्ट संचालनमा आएको हो । बिहीवार नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष चिरञ्जीवि ओलीले उक्त मार्टको उद्घाटन गर्दै सफलताको शुभकामना दिनुभयो । नेपालीहरुको महान चार्ड विजया दशमीको पावन अवसरमा सम्पुर्ण नेपालीहरुलाई सस्तो र गुणस्तरिय सेवा प्रदान गर्न ६० लाख बढि लागतमा कौशल मार्ट संचालनमा आएको मार्टका संचालक ओम विनय कौशलले बताउनुभयो । मार्टमा दैनिक उपभोग्यका सम्पुर्ण सामाग्री उपलव्ध रहेको संचालक कौशलले बताउनुभयो । उद्घाटन कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिम रानाभाट, कोषाध्यक्ष मख्खन धामी, उद्योगी व्यवसायी, समाजसेवी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *