११ पुस, काठमाडौं । लकडाउनपछि ठप्प भएको निर्माण क्षेत्र अझै पुरानो लयमा फर्किन सकेको छैन । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार अहिले करिब ३० देखि ४० प्रतिशत मात्रै निर्माण साइटमा काम भइरहेको छ, त्यो पनि निकै सुस्त गतिमा ।
सुरुमा महामारीलाई बहाना बनाउन पाएको निर्माण क्षेत्रले त्यसपछि वषर्ा र चाडबाडको निहुँ देखायो । अहिले ठेकदारहरु तरलता अभावलाई नयाँ कारण देखाएर साइटमा फर्किन आनाकानी गरिरहेका छन् । निर्माण साइट खुलाउन आयोजनाहरुले ठेकदारलाई दबाव दिए पनि धेरै ठेकदारले टेरेका छैनन् । सरकारले न ठेकदारलाई कडाइपूर्वक काममा फर्काउन सकेको छ, न उनीहरुका समस्या सम्बोधन गर्न चासो दिएको छ ।