नेपालगञ्ज, ३१ असोज-६७ औं प्रहरी दिवस २०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा आज बाँकेमा भब्यताका साथ सम्पन्न भएको छ ।
प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले संचालन गर्नु भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीज्युले ग्रहण गर्नु भएको भने प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीको उक्त कार्यक्रममा अध्यक्षता रहेको थियो ।
सो अवसरमा पुर्व प्रहरी, अशक्त अवकाश प्राप्त प्रहरी, अमर प्रहरी परिवार तथा संचारकर्मी, नागरिक समाज, ससस्त्र प्रहरी बलका स.प्र.उ., नेपाली सेनाका प्रमुख सेनानी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख लगायतका अतिथी हरुको उपस्थिति रहेको उक्त कार्यक्रमको स्वागत मन्तब्य तथा प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त सुभकामना सन्देश जिल्ला प्रहरी कार्यालय बाँकेका प्र.नाउ. राम प्रसाद घर्ती मगरले वाचन गर्नु भएको थियो ।
यस्तै कार्यक्रममा पुर्व प्रहरी कर्मचारीको तर्फबाट पुर्व प्रहरी नायव उपरीक्षक जोति प्रसाद श्रेष्ठ, अमर प्रहरी परिवारको तर्फबाट श्रीमती एकमाया बिश्वकर्मा लगायतले सुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । उक्त अवसरमा अमर प्रहरी स्मारकमा प्रमुख अतिथिज्युबाट पुष्पहार अर्पण गर्नु भएको थियो । सो पश्चात उपस्थित सम्पुर्णले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।

उक्त कार्यक्रममा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईका प्रहरी कर्माचरीहरुलाई तथा प्रहरी कार्यमा सहयोग गर्ने र जग्गादाताहरुलाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकज्युबाट प्राप्त कदर पत्र प्रदान गरिएको तथा अमर प्रहरी परिवारजनलाई दोसल्ला ओढाई प्रमुख अतिथिज्युले सम्मान गर्नु भ्एको थियो । साथै ६७ औं प्रहरी दिवस २०७९ को अवसरमा बिभिन्न बिधामा संचालन गरिएको ब्याडमिन्टन, टेबल टेनिस, कुर्सि दौड प्रतियोगिता संचालन गरिएकोमा खेलकुदमा प्रथम, द्वितीय हुनेलाई प्रमाण पत्र र मेडल प्रदान गरीएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्र.जि.अ. सुर्य बहादुर खत्रीले नेपाल प्रहरीको गर्विलो ईतिहास र सुनौलो भबिष्य रहेको र जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेको त्यस आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने बिश्वास समेत ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी बिर तथा अमर प्रहरीले देखाएको मार्गमा सधै अडिक भएर लाग्ने र जनअपेक्षा पुरा गर्नका लागी जस्तो सुकै कठोर निर्णय लिन पनि तयार रहेको बताउनु भएको थियो । उक्त कार्यक्रम समापन पश्चात दिवा खाना तथा प्रहरी पुनर्मिलन कार्यक्रम रहेको थियो ।