बाँकेमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न

नेपालगन्ज, ४ मंसिर-बाँकेमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । जिल्लाका १३८ मतदान स्थलका ३८० मतदान केन्द्रहरुमा शान्तिपूर्णरुपमा मतदान कार्य सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको हाे । ३ लाख ३२ हजार २३१ मतदाता रहेको बाँकेमा २ लाख १८ हजार ३४९ मत खसेको छ । बाँकेमा ६५ दशमलव ७ प्रतिशत मत खसेको […]

Continue Reading

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान बाँकेमा शान्तिपुर्ण ढंगले गरिदै

नेपालगन्ज ४ मंसिर-प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान बाँकेमा शान्तिपुर्ण ढंगले गरिदै छ । आईतवार बिहान ७ बजे देखि सुरुवात गरिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान बाँकेमा शान्तिपुर्ण ढंगले गरिएको हो । कुल जनसंख्या ६ लाख ६ सय ६६ रहेको बाँकेमा मतदाता संख्या ३ लाख ३२ हजार २ सय २१ जना रहेका छन् । जसमा पुरुष […]

Continue Reading

हाम्रा पुस्ताले गर्व गर्ने विकास आयोजनाहरू ल्याउनेछु : इश्तियाक राई

नेपालगन्ज–जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एउटा ऐतिहासिक क्षण अब नजिकिइसकेको भन्दै मंसिर ४ गते एकदमै विकेक पुर्‍याएर मतदान गर्न अपिल गरेका छन्। डुडुवामा बुधवार भएको पार्टीको एउटा चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार राईले यो चुनाव लामो संघर्षपछि प्राप्त अधिकारहरू जोगाउने र त्यो अधिकार खोस्न चाहनेहरूबीचको […]

Continue Reading

यो क्षेत्रको विकास, समृद्धि र भाइचारका लागि जीवनभरि लडिरहनेछु : इश्तियाक राई

नेपालगन्ज,२७ कात्तिक-जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यो क्षेत्रको विकासका मुद्दामा आफू जुनसुकै समयमा, जोसुकैसँग बहस गर्न तयार रहेको बताएका छन्।आइतबार नेपालगन्जको त्रिभुवन चोकमा भएको एउटा खुल्ला ‘प्रश्नोत्तर’ कार्यक्रममा उनले यो चुनावलाई केहीले आफ्ना धार्मिक अजेन्डा स्थापित गर्ने अवसरका रूपमा लिएको पनि बताए।नेपालगन्ज जेसीजले आयोजना गरेको सडक बहस […]

Continue Reading

नेपालगन्ज ४ मा हमालको घरदैलो, वडाबासीका माग पुरा गर्ने प्रतिवद्धता

नेपालगन्ज,२७ कात्तिक-नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का स्थानीयले प्रदेश सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र हमाललाई जिताउने प्रतिक्रिया दिएका छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा बाँके, प्रदेश सभा २ (२) का उम्मेदवार हमाललाई पुनः प्रदेश सांसदको जिम्मेवारीमा पुर्याउनुपर्ने बताए ।   पार्टी मात्र नभएर समग्र नेपालगन्जबासीका […]

Continue Reading

राजनीति मेरो चासो हो बाटो होईन ः स्वतन्त्र उम्मेद्वार डा. कर्ण

नेपालगन्ज २५ कार्तिक-आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तातिएको छ । चुनाबी माहोल तातिएसंगै राजनीति दलहरु तथा स्वतन्त्र उम्मेद्वारहरु आ आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गर्दै मत माग्न जनताको घरदैलोमा व्यस्त देखिएका छन् । चिकित्सक पेशालाई छाडेर प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ (ख) मा स्वतन्त्र उम्मेद्वारी दिनुभएका […]

Continue Reading

बाँके क्षेत्र नम्बर २ मा चुनावी प्रचार ‘उत्साहजनक’

नेपालगन्ज, २४ कात्तिक- बाँके क्षेत्र नम्बर २ मा नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनको चुनावी प्रचार–प्रसार उत्साहजनक देखिएको छ । नेपाली कांग्रेससहित गठबन्धनको तर्फबाट क्षेत्र नम्बर २ मा सुदिप नरसिंह राणा मैदानमा छन् । उम्मेदवार राणाले हरेक दिन चुनावी प्रचार प्रसार उत्साहजनक बन्दै गएको बताए । कांग्रेसका नेता कार्यकर्तासहित राणाले बिहीबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ […]

Continue Reading

मेरो स्वार्थ भनेको यो क्षेत्रको विकासमात्रै हो : इश्तियाक राई

बाँके,२४ कात्तिक-प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नं २ बाट जता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राईले फेरि चुनाव लड्नुका पछाडी आफ्नो एकमात्रै स्वार्थ भनेको यो क्षेत्रको विकास गर्नु भएको बताएका छन्।संसदमा अनि सरकारमा लडेरै भएर पनि आफ्नो क्षेत्रमा विकासका योजनाहरू ल्याएको स्मरण गराउँदै उनले फेरि पनि अधुरा योजनाहरू पूरा गर्न र नयाँ आयोजनाहरू ल्याउनका लागि एकपटक […]

Continue Reading

सत्य तथ्य आधारमा समाचार सम्प्रेसण गर्न राईको आग्रह

नेपालगन्ज २३ कार्तिक-आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तातिएसंगै राजनीतिक दलहरूलाई जनता फकाउन निकै सकस छ । बाँके क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीका (जसपा) तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार मोहम्मद इस्तियाक राईले आफ्नो क्षेत्रमा बिकासका १० ऐजेण्डामा अर्जुन दृष्टि रहेको बताउनुभएको छ । बुधवार उहाँले पत्रकार […]

Continue Reading

पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा

नेपालगन्ज-टी-२० विश्वकप क्रिकेटमा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ। पाकिस्तानले सन् २००९ मा उपाधि जितेपछि पहिलो पटक टि२० विश्वकपको फाइनलमा स्थान बनाएको हो । अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले जितका लागि पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको थियो। निर्धारित २० ओभरमा पाकिस्तानले उक्त […]

Continue Reading